बजाजले अब ट्विनर नाममा नयाँ मोटरसाइकल उत्पादन गर्ने

भारतीय टु ह्विलर उत्पादक बजाजले नयाँ नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने भएको छ । ट्विनर नाममा मध्यम रेन्जका मोटरसाइकल उत्पादन गर्न उसले ट्रेडमार्क दर्ता गराएसंगै यो तथ्य खुलासा भएको हो । हाल यो रेन्जमा उसले ब्रिटिस ब्रान्ड ट्रम्फसंगको सहकार्यमा नयाँ मोडल बिकास गरिरहेको छ । जुन २०० देखी ७०० सिसी क्षमतासम्मको रहने र रोयल इन्फिल्डसंग सिधा टक्कर गर्ने जनाइएको छ ।

नयाँ मोटरसाइकल यसै बर्षको अन्त्यसम्म बजारमा आइसक्ने अनुमान लगाइएको छ । जुन रेट्रो प्रेरित लुक्समा उपलब्ध हुनेछ । रेट्रो लुक्सका मोटरसाइकलको माग भारत लगायत बिश्वका अन्य बजारमा समेत बढ्दै गएपछि बजाजले सोही लुक्सको मोटरसाइकल ल्याउन लागेको हो ।

साथै उसले केटिएमसंगको सहकार्यमा ४९० सिसीको प्यारलल ट्विन इन्जिनयुक्त मोटरसाइकलको समेत बिकास गरिरहेको छ । जुन ४९० एड्भेन्चर, ४९० ड्युक र ४९० सुपरमोटो/इन्डुरोमा समेत प्रयोग हुन सक्ने जनाइएको छ । सोही इन्जिनलाई बजाजले नयाँ ब्रान्ड ट्विनरको केही मोडलमा समेत प्रयोग गर्न सक्नेछ ।

बजाजले यसअघि फ्लुओर, फ्लुइर र न्यूरोन नामको समेत ट्रेडमार्क लिइसकेको छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो अपग्रेडेड डोमिनार ४००, भव्य कार्यक्रम बिच गरियो सार्वजनिक

नेपाल भित्रियो अपग्रेडेड डोमिनार ४००, भव्य कार्यक्रम बिच गरियो सार्वजनिक

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

बजाजको अर्को पल्सर आउने सम्भावना

बजाजको अर्को पल्सर आउने सम्भावना

टु–ह्विल निर्माता कम्पनी बजाजले नयाँ बाइक लन्च गर्ने भएको छ । मिडिया...

बजाज पल्सर २२०एफ र टीभीएस अपाचे आरटीआर २०० ४भी मा कुन किन्ने ? यस्तो छ भिन्नता

बजाज पल्सर २२०एफ र टीभीएस अपाचे आरटीआर २०० ४भी मा कुन किन्ने ? यस्तो छ भिन्नता

बजाज पल्सर र टीभीएस अपाचे जस्ता २०० सीसीका बाइक फरक फरक सोच र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...