२९ लाख भन्दा कम मूल्यमै आयो बीवाईडी एट्टो १
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...
चांगन, क्याटल र हुवावेद्वारा संयुक्त रूपमा विकास गरिएको प्रिमियम ईभी ब्रान्ड अवतारले आफ्नो चौथो मोडल अवतार ०६ लन्च गरेको छ । मिडसाइज सेडान सेग्मेन्टमा आएको सो कारको सुरुवाती मूल्य २६ हजार ३०० डलर लन्च गरिएको छ ।
सिंगल र डुअल मोटर भेरिएन्टमा उपलब्क्ध अवतार ०६ मा ७२.८८ किलोवाट आवर क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ । सिंगल–मोटर रियर–ह्वील ड्राइभ भेरियन्टले ६५० किलोमिटर र डुअल–मोटर अल–ह्वील–ड्राइभ भेरिएनटले ६०० हाराहारी रेन्ज दिने दाबी गरिएको छ । यी दुबै भेरिएन्ट ८०० भोल्ट अल्ट्रा–फास्ट चार्जिङ आर्किटेक्चरमा तयार पारिएको हो ।
‘मोबाइल वेलनेस सेन्चुअरी’ कन्सेप्टमा तयार पारिएको अवतार ०६ मा ७ वर्ग मिटर प्रिमियम सफ्ट–टच सामग्रीद्धार सजाइएको क्याबिन राखिएको छ । कारको फ्रन्ट सिटमा १६–पोइन्ट मसाज कार्यक्षमताको साथ शून्य–गुरुत्वाकर्षण प्रविधि दिइएको छ ।
सो नयाँ कारमा, अत्याधुनिक २५–स्पिकर मेरिडियन अडियो सिस्टम, हार्मोनी ओएस इन्फोटेनमेन्ट सिस्टम, क्याबिनमा अवरोध पत्ता लगाउने स्मार्ट डोर र स्ट्रिमिङ डिजिटल रियरभ्यू मिरर लागयत फिचर उपलब्ध गराइएको छ ।१९२–लाइन लिडार र २७ परसेप्सन डिभाइस समाबेश गरिएको यस कारमा हुवावेको एडीएस ३.० अटोनोमस ड्राइभिङ सिस्टम दिइएको छ ।
अवतार नेपाली बजारमा समेत उपलब्ध प्रिमियम ईभी ब्रान्ड हो । नेपालमा हाल यसको अवतार ११ मोडल उपलब्ध छ । सिजी मोटर्स आधिकारिक वितरक रहेको यस ब्रान्डले भोलिका दिनमा अवतार ०६ लाई पनि नेपाली बजारमा उपलब्ध गराउने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...
आर्थिक बर्ष २०७८।०७९ को बजेटले नेपालमा चारपांग्रे सवारी साधनको बजारलाई...
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...