ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप
सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको घोषणा गरेको छ । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सो गाडी लन्च गरिएको हो ।
विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको कम्पनीको भनाइ छ । वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो प्रतिष्ठित ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको छ ।
‘बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई प्रजातान्त्रिकरण गरेका छौ र नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तनलाई ल्याएका छौ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘यो एक इन्ट्री लेभल ईभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो । यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको हो ।’
बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ ।
नाइमामा विशेष अफर
नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर उपलब्ध हुनेछ । यस अनुसार नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध हुनेछ ।
कम्पनीले भनेको छ – बीवाईडी एट्टो १ ले अत्याधुनिक अन्तर्राष्ट्रिय डिजाइन, शहरी उपयोगिता र अतुलनीय सुरक्षाको दुर्लभ संयोजनको प्रतिनिधित्व गर्छ । विश्वभर मान्यता प्राप्त यस सवारीसाधनलाई शहरवासीहरूको आवश्यकता अनुसार निर्माण गरिएको छ, र यो नेपालमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट ईभी बन्ने तयारीमा छ ।
बीवाईडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपाललाई सफा, स्मार्ट र अझै समावेशी विद्युतीय भविष्यतर्फ अगाडि बढाउने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाएको छ ।
सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय...
चाइनिज इलेक्ट्रोनिक्स तथा टेक्नोलोजी जायन्ट शाओमी इलेक्ट्रिक भेइकल (ईभी)...
काठमाडौं–नेपाली बजारमा अवको १५ दिनपछि अर्को नयाँ बिद्युतीय एसयूभी लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...