सवारी साधनमा नगद मार्जिनको व्यवसायीले गरे विरोध, यस्तो छ भनाइ

राष्ट्र बैंकद्धारा हालै जारी गरिएको एकीकृत परिपत्र–२०७६ को संशोधनलाई लिएर अटोमोबाइल व्यवसायीहरुले विरोध जनाएका छन् । अटो पत्रकार संघ (जाम) ले गत शुक्रबार आयोजना गरेको नाडाको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनीहरुले विरोध जनाएका हुन् । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले राष्ट्र बैंकद्वारा जारी गरिएको संशोधनका कारण व्यवसायीलाई सवारीसाधन आयात गर्न कठिन परेको बताए ।

व्यवसायीसँग सल्लाह नै नगरी एकतर्फी रुपमा लागू गरिएको यस्तो प्रावधानले बजारमा सवारीसाधनको अभाव भई मूल्य समेत वृद्धि हुने उनको भनाइ थियो । थापाले भने, ‘एकपटक सवारीसाधन आयात गर्दा करोडौं मूल्य बराबरको आयात गर्नुपर्छ, यस्तोमा व्यवसायीले कहाँबाट ५० प्रतिशत नगद खोजेर बैंकमा जम्मा गर्नु । त्यसमाथि अहिले त झन हामीमाथि बिना लगानी सित्तैमा बैंकको कर्जामा व्यवसाय गर्दै आइरहेको आरोप समेत लगाइएको छ ।’

एलसी खोल्दा त्यसमा लाग्ने दस्तुर र उक्त रकम बराबरको धितो समेत ग्यारेन्टीका रुपमा राखिएको हुने बताउँदै उनले भने, ‘सरकारले ल्याएको नीतिले व्यवसायीमात्र नभई उपभोक्तालाई समेत मारमा पारेको र व्यवसायीप्रति उपभोक्ताको गलत बुझाई विकास भएकाले नीतिमा परिवर्तन गरिनु आवश्यक छ ।’

त्यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले अटोमोबाइल व्यवसाय अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै यसप्रकारको अस्थिर नीतिले व्यवसायमा मात्र नभई आम उपभोक्ताको मोबिलिटीमै असर पुग्ने बताए । उच्च कर लगाएर सवारीसाधनलाई महंगो बनाइएका कारण निजी साधनको पहुँच सर्वसाधारणसम्म पुग्न नसकिरहेको अवस्थामा यस्ता नीतिले दीर्घकालसम्म झनै बढी असर पार्ने उनको भनाइ थियो । उनले भने, ‘अहिलेको नीतिले बजारमा सवारीसाधन आयात गरी कारोबार गर्ने अवस्था छैन । यदि ल्याइहालियो भने पनि केही संख्याका आधारमा मात्र आयात हुने हो । यस्तो आयातले बजारको माग धान्न नसक्ने हुँदा अभावको अवस्था सिर्जना हुने देखिन्छ ।’ उक्त नीतिका कारण ठूलो रकम राजस्व समेत गुम्ने र देश विकासमै असर पार्ने हुँदा सरकारले पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।

अर्का उपाध्यक्ष सुनिल रिजालले सवारीसाधन मर्मत सम्भारका लागि अत्यावश्यक मानिने स्पेयर पार्ट्समा समेत कस्मेटिक सामान सरह शतप्रतिशत मार्जिनको व्यवस्था गरिएकोप्रति आपत्ति जनाए । नाडामा स्पेयर पार्ट्स समितिको सभापति समेत रहेका उनले यो नीति लामो समयसम्म लम्बिन नहुने बताए ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सरकारले ल्याएको नीतिका कारण देशभर रहेका अटोमोबाइल व्यवसायीहरु अन्योलमा परेका कारण यो विषयलाई छिट्टै नै छलफलमार्फत टुंग्याउनुपर्ने बताए । जसका लागि आफूहरुले अर्थमन्त्रीसहित अन्य सम्बन्धित निकायसँग भेटघाट गर्ने तयारी थालेको उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरू

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाबिच छलफल

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाबिच छलफल

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको...

वर्कशपलाई उत्पादनमूलक उद्योगले पाउने सरहको सुबिधा दिन नाडाको सुझाव

वर्कशपलाई उत्पादनमूलक उद्योगले पाउने सरहको सुबिधा दिन नाडाको सुझाव

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधनको मर्मतसम्भार...

राजस्व सचिवसंग नाडा प्रतिनिधी मण्डलको छलफल, अटोमोवाईल उद्योगको संरक्षणमा जोड

राजस्व सचिवसंग नाडा प्रतिनिधी मण्डलको छलफल, अटोमोवाईल उद्योगको संरक्षणमा जोड

काठमाडौं–नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा गएको एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...