चितवनमा सार्वजनिक गरियो ‘अ क्लास अबोभ’ कम्फर्ट, डिजाइन र टेक्नोलोजी सहितको दिपल निभो क्यू०५
चितवन – चितवन क्षेत्रका लागि एमएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गतको...
काठमाडौं - विद्युतीय दुईपाङ्ग्रे सवारी ब्रान्ड एथरले पश्चिम नेपालमा आफ्नो बजार विस्तार गर्दै नेपालगन्जमा १५औँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।
नेपालगन्जको बसपार्क रोड, न्युरोड २ मा स्थापना गरिएको एक्सपिरियन्स सेन्टरबाट एथरका विद्युतीय स्कुटरको बिक्री, परीक्षण सवारी तथा बिक्रीपछिको सेवासम्बन्धी जानकारी उपलब्ध हुने कम्पनीले जनाएको छ।
नयाँ केन्द्रमा एथर ४५० र एथर रिज्टा मोडल उपलब्ध हुनेछन्। ग्राहकले स्कुटरको प्रत्यक्ष अवलोकन, उत्पादन प्रदर्शन र परीक्षण सवारी गर्न सक्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार एथर ४५० कार्यक्षमता र प्रविधिमा केन्द्रित विद्युतीय स्कुटर हो भने रिज्टालाई दैनिक तथा पारिवारिक प्रयोगलाई लक्षित गरी विकास गरिएको छ।
एथरले आफ्ना स्कुटरमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र आवाजबाट निर्देशन दिन सकिने प्रविधि उपलब्ध रहेको जनाएको छ। म्याजिक ट्विस्टमाफर्त थ्रोटल प्रयोग गरेरै नियन्त्रित रूपमा गति घटाउन तथा ब्रेकिङ गर्न सकिने कम्पनीको दाबी छ।
नेपालमा विद्युतीय सवारीको प्रयोगसँगै ब्याट्रीको आयु र बिक्रीपछिको सेवाप्रति ग्राहकको चासो बढिरहेका बेला कम्पनीले ‘एथर एस्योरेन्स’ अन्तर्गत ब्याट्री वारेन्टीलाई प्राथमिकता दिएको जनाएको छ। कम्पनीका अनुसार हाल नेपालभर ५० भन्दा बढी द्रुत चार्जिङ स्थान र १० भन्दा बढी आधिकारिक एक्सपिरियन्स सेन्टर सञ्चालनमा छन्।
काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायतका सहरमा एथरले यसअघि नै आफ्नो सञ्जाल विस्तार गरिसकेको जनाएको छ।
नेपालगन्ज केन्द्र सञ्चालनको अवसरमा कम्पनीले असोज ३ गतेसम्मका लागि विशेष योजना पनि सार्वजनिक गरेको छ। योजनाअन्तर्गत नगदमा स्कुटर खरिद गर्ने ग्राहकलाई आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी, किस्ताबन्दीमा खरिद गर्नेलाई शून्य प्रतिशत ब्याज सुविधा र पुरानो सवारी साटफेर गर्ने ग्राहकलाई मूल्यांकनमा थप ८ हजार रुपैयाँसम्मको सुविधा दिने कम्पनीले जनाएको छ। नेपालगन्जमा नयाँ केन्द्र सञ्चालनसँगै पश्चिम नेपालमा बिक्री, चार्जिङ पूर्वाधार र बिक्रीपछिको सेवा विस्तार गर्दै विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा आफ्नो उपस्थिति बढाउने कम्पनीको योजना छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...