सुर्खेतमा एथरको १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालन

सुर्खेत - एथर नेपालले कर्णाली प्रदेशमा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। वीरेन्द्रनगर नगरपालिका–१२, एयरपोर्ट चोकमा स्थापना गरिएको एक्सपेरियन्स सेन्टर सोमबारदेखि सञ्चालनमा आएको हो।

नयाँ एक्सपेरियन्स सेन्टरमार्फत सुर्खेतसँगै कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, तिनमा प्रयोग भएका प्रविधि, उत्पादनसम्बन्धी जानकारी, परीक्षण सवारी तथा बिक्रीपछिको सेवाबारे स्थानीयस्तरमै जानकारी र सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

सुर्खेतमा आयोजित उद्घाटन कार्यक्रममा स्वर्णिम बिजनेस कन्सर्नका अध्यक्ष सोमराज थापाको अध्यक्षता रहेको थियो। कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा तत्कालीन कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष लक्ष्मण कँडेल, संघका पूर्ववरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेतलगायत उद्योगी, व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, ग्राहक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

नयाँ सेन्टरमा एथरका ४५० सिरिज र रिज्टा सिरिजका विद्युतीय स्कुटरबारे जानकारी लिन तथा परीक्षण सवारी गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार ४५० सिरिजमा कार्यसम्पादन, प्रविधि र दैनिक प्रयोगको व्यावहारिकतालाई प्राथमिकता दिइएको छ। यसका पछिल्ला मोडलमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भोइस इन्टरयाक्सन’ जस्ता सुविधा समावेश छन्।

‘म्याजिक ट्विस्ट’ सुविधाले एक्सिलरेटर ग्रिपको प्रयोगबाट स्कुटरको गति घटाउन सहयोग गर्ने कम्पनीको भनाइ छ। त्यस्तै, ‘इन्फिनिट क्रुज’ले निश्चित गति कायम राख्न र ‘भोइस इन्टरयाक्सन’ले उपलब्ध सुविधाका लागि आवाजमार्फत आदेश दिन सहयोग गर्ने जनाइएको छ।

त्यसैगरी, एथर रिज्टा पारिवारिक प्रयोगलाई लक्षित गरी तयार गरिएको विद्युतीय स्कुटर हो। लामो सिट, आरामदायी डिजाइन तथा दैनिक पारिवारिक प्रयोगका आवश्यकतालाई ध्यानमा राखिएको कम्पनीले जनाएको छ।

विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै ग्राहकलाई बिक्रीपछिको सेवा र चार्जिङ सुविधा सहज बनाउन सेवा तथा चार्जिङ सञ्जाल विस्तारलाई समेत प्राथमिकता दिइएको एथर नेपालले जनाएको छ। कम्पनीका अनुसार हाल देशभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।

कम्पनीले ‘एथर एटसेभेन्टी’ ब्याट्री वारेन्टीअन्तर्गत लागू हुने सर्तअनुसार ब्याट्रीमा आठ वर्ष वा ८० हजार किलोमिटर, जुन पहिले आउँछ, त्यतिसम्मको वारेन्टी उपलब्ध रहेको जनाएको छ। ब्याट्रीको स्वास्थ्य ७० प्रतिशतभन्दा कम भएमा लागू हुने सर्तअनुसार ब्याट्री प्रतिस्थापनको सुविधा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ।

सुर्खेतमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनको अवसरमा कम्पनीले असोज ११ गतेसम्म विशेष ‘ओपनिङ स्किम’ समेत सार्वजनिक गरेको छ। स्किमअन्तर्गत नगद खरिदमा एटसेभेन्टी ब्याट्री वारेन्टी, फाइनान्समार्फत खरिदमा शून्य प्रतिशत ब्याजदरको सुविधा तथा पुरानो सवारीसाधन साटेर नयाँ एथर खरिद गर्दा थप आठ हजार रुपैयाँ मूल्यांकन सुविधा दिने जनाएको छ। यी सुविधा तोकिएका सर्त तथा नियमअनुसार लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

नेपालमा एथर इनर्जीको अधिकृत वितरक वैद्य इनर्जी प्रालिले देशभर एथरका बिक्री केन्द्र, सर्भिस सेन्टर तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै आएको जनाएको छ। सुर्खेतमा स्थापना गरिएको १६औँ एक्सपेरियन्स सेन्टरले कर्णाली क्षेत्रमा विद्युतीय सवारीसाधनको पहुँच तथा बिक्रीपछिको सेवामा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...