टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
वीरगञ्ज - नेपालको प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड एथरले वीरगञ्जमा नयाँ एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। आदर्शनगरस्थित उक्त एक्सपेरियन्स सेन्टर गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको हो।
नयाँ एक्सपेरियन्स सेन्टरको उद्घाटनसँगै एथरले नेपालभर दिगो, आधुनिक तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने अभियानलाई थप सशक्त बनाएको जनाएको छ। वीरगञ्ज शाखासहित एथरका देशभरका एक्सपेरियन्स सेन्टरको संख्या १२ पुगेको छ। काठमाडौं उपत्यकाका पाँच एक्सपेरियन्स सेन्टरका साथै पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्जमा कम्पनीको उपस्थिति रहेको छ।
ग्राहकलाई बिक्रीपछिको गुणस्तरीय सेवा उपलब्ध गराउन एथर नेपालले देशभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीले आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टीसमेत उपलब्ध गराउँदै आएको छ।
वीरगञ्जस्थित नयाँ एक्सपेरियन्स सेन्टरमा एथरका सम्पूर्ण स्कुटर मोडल उपलब्ध हुनेछन्। यसअन्तर्गत उच्च प्रदर्शनका लागि परिचित एथर ४५० शृङ्खला तथा परिवारमैत्री एथर रिज्टा प्रमुख आकर्षणका रूपमा रहेका छन्।
एथर ४५० शृङ्खलामा गुगल नक्सामा आधारित मार्गनिर्देशन, स्वचालित रोक्ने सुविधा (अटोहोल्ड), दुर्घटना सुरक्षा प्रणाली, रिभर्स मोड, विभिन्न राइडिङ मोड तथा स्पर्शमार्फत सञ्चालन हुने ड्यासबोर्ड जस्ता अत्याधुनिक सुविधा समावेश छन्। त्यसैगरी एथर रिज्टामा फराकिलो सिट, ठूलो अन्डर–सिट भण्डारण क्षमता, ट्र्याक्सन नियन्त्रण प्रणाली, चोरी तथा तानेर लैजाँदा सूचना दिने सुविधा र ह्वाट्सएप सूचना प्राप्त गर्ने व्यवस्था जस्ता स्मार्ट सुविधा उपलब्ध छन्।
नयाँ एक्सपेरियन्स सेन्टरमा ग्राहकहरूले स्कुटर अवलोकन गर्न, प्रत्यक्ष प्रदर्शन अनुभव गर्न, परीक्षण सवारी (टेस्ट राइड) गर्न, स्मार्ट प्रविधिबारे जानकारी लिन तथा फाइनान्सिङ र एक्सचेन्ज योजनाबारे परामर्श प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार ग्राहकको सहज स्वामित्व अनुभव सुनिश्चित गर्न प्रशिक्षित प्राविधिक, मौलिक जगेडा पुर्जा तथा समयमै मर्मत–सम्भार सेवासहितको सेवा सहायता व्यवस्था पनि विस्तार गरिएको छ।
विद्युतीय सवारीसाधनका लागि आवश्यक पूर्वाधार सुदृढ बनाउने उद्देश्यले एथर नेपालले एथर ग्रिड द्रुत चार्जिङ सञ्जाल समेत विस्तार गरिरहेको छ। हाल देशका प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी चार्जिङ केन्द्र सञ्चालनमा रहेका छन्।
नयाँ एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा एथर नेपालले असार १२, २०८३ सम्म विशेष अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशतसम्म ब्याजदरमा फाइनान्सिङ सुविधा तथा पुरानो सवारी साटफेर गर्दा आठ हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपालका लागि एथरको आधिकारिक तथा एकमात्र वितरक वैद्य इनर्जी प्रालिले देशभर एक्सपेरियन्स सेन्टर, सेवा केन्द्र तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै स्वच्छ, दिगो र भविष्यमुखी यातायात प्रणाली निर्माणमा योगदान पुर्याइरहेको जनाएको छ।
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
नेपाली बजारमा उपलब्ध आइमाका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर मध्ये आइमा...
विराटनगर – नेप्लिज योङ आन्टरप्रेनर फोरम (एनवाईईएफ) को आयोजनामा विराटनगर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...