ट्राफिक सचेतनासम्बन्धी भौतिक कक्षा आजबाट पुनः सुरु हुँदै
काठमाडौं–२३ र २४ भदौको आन्दोलनका क्रममा रामशाह पथ स्थित काठमाडौँ उपत्यका...
काठमाडौं - यातायात र ट्राफिक व्यवस्थापका विज्ञ आशीष गजुरेल सिन्धुलीको क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य विजयी बनेका छन् ।
उनी १७ हजार ९ सय ४० मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी लेखनाथ दाहालले १४ हजार ७ सय ८० मत पाएका छन् । नेकपाका मनोजजंग थापाले ११ हजार ६ सय ६ मत ल्याएका छन् । कांग्रेसका सुशिला थिङले ६ हजार ७ सय ६० मत ल्याएका छन् ।
यो भन्दा पहिले उनी नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक थिए । प्रतिनिधिसभा निर्वाचनकै लागि उनले राजीनामा दिएका थिए ।
यसअघि नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को महासचिव भएर काम गरेका उनी यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ हुन्। इन्जिनियर गजुरेलले नेपालको यातायत क्षेत्रमा चाहिने सुधारको विषयमा लेखमार्फत् अभियान नै चलाउँदै आएका छन्। नेपालमा हुने सडक दुर्घटना र त्यसबाट बच्न सकिने उपायको विषयमा उनले आफ्ना धारणा राख्दै आएका छन्।
उनले जर्मनीको म्युनिखस्थित टेक्निकल युनिभर्सिटीबाट मास्टर्स इन ट्रान्स्पोटेशन सिस्टम पढेका थिए। यस्ता अभियन्ताहरु विश्वमा मात्र होइन, नेपालमा पनि कमै छन् । यस्तै अभियन्ता मध्ये एक हुन् आशीष गजुरेल । उनी एक अभियन्ता मात्र होइन, यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ समेत हुन् । जर्मनीबाट मास्टर्स गरी फर्केका आशीष गजुरेल अनवरत रुपमा यही क्षेत्रमा क्रियाशील छन् । उनी नेपाल फर्किनु पहिले ‘ट्राफिक इन्जिनियरिङ’ भन्ने विषय पनि हुन्छ भन्ने कुरा समेत धेरैलाई थाहा थिएन ।
गजुरेल लगानी बोर्डमा समेत यातायात क्षेत्रका परामर्शदाता थिए । १० वर्षको बीचमा विज्ञको रुपमा परिचित हुनका लागि भने उनले कठीन मेहनत गरेका छन् । शुरुका दिनमा उनलाई आफूले जानेको कुरा अरुलाई थाहा दिनका लागि पनि निकै परिश्रम गर्नु परेको थियो । उनलाई यसमा सामाजिक सञ्जालले पनि धेरै सहयोग गरेको छ ।
आशीष गजु्रेल विकास, पूर्वाधार तथा यातायात विकास सम्बन्धी विभिन्न गोष्ठी, सेमिनार आदिमा सहभागी हुनका लागि विभिन्न देश पुगेका छन् ।
आशीषको विज्ञतालाई उपयोग गरेर आगामी दिनमा बन्ने सरकारले देशका लागि विशेष योगदान गर्ने अपेक्षा गर्न सकिन्छ ।
काठमाडौं–२३ र २४ भदौको आन्दोलनका क्रममा रामशाह पथ स्थित काठमाडौँ उपत्यका...
गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत पोल ढालेसँगै अन्धकार बनेको...
काठमाडौं – राजधानीको कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तार भएसँगै सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...