ट्राफिक लाइटमा अब एआई ह्वाइट लाइट पनि समावेश हुने
ट्राफिक लाइट देख्नु भएकै होला ? त्यसमा जम्मा ३ कलरका लाइट हुन्छन् । रातो,...
काठमाडौं–२३ र २४ भदौको आन्दोलनका क्रममा रामशाह पथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि रोकिएको ट्राफिक सचेतना कक्षा पुनः सुरु हुने भएको छ ।
कार्यालयका अनुसार ट्राफिक सचेतना सम्बन्धी भौतिक कक्षा ११ कात्तिकदेखि पुनः सञ्चालन हुनेछ । नागरिक एपबाट सुरु भएको भर्चुअल कक्षा भने कहिलेदेखि सञ्चालन हुन्छ भन्ने कुरा अझै अनिश्चित छ ।
उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकलाई ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा भौतिक ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न लागिएको हो ।
सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन कक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ । जसअनुसार प्रत्येक दिन बिहान ०९ः०० देखि १०ः०० बजेसम्म, १०ः३० देखि ११ः३० बजेसम्म, १२ः०० देखि १ः०० बजेसम्म, १ः३० देखि २ः३० बजेसम्म र ३ः०० देखि ४ः०० बजेसम्म कक्षाहरू सञ्चालन हुनेछन् ।
शुक्रबार भने २ः३० बजेसम्म मात्र कक्षा सञ्चालन हुनेछ । त्यसैगरी कार्यालय समयमा उपस्थित हुन असहज हुनेहरूको सहजताका लागि अन्य सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक शनिबार १०ः०० बजेदेखि १२ः०० बजेसम्म दुई वटा कक्षा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सञ्चालन गरिने बताइएको छ ।
ट्राफिक लाइट देख्नु भएकै होला ? त्यसमा जम्मा ३ कलरका लाइट हुन्छन् । रातो,...
काठमाडौं – फागु पूर्णिमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न...
प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...