कोटेश्वरमा ४० प्रतिशत घट्यो ट्राफिक जाम, भविष्यमा अण्डरपास र फ्लाइओभर बनाइने

काठमाडौं – राजधानीको कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तार भएसँगै सवारी जाममा केही कमी आएको छ । हाल सो सडक खण्डमा दैनिक देखिएको सवारी चाप समाधानको अल्पकालीन योजनाअन्तर्गत डेडिकेटेड लेन बनाएर दायाँ बायाँ दुवैतर्फ सडक विस्तार गरिएको छ । यद्यपि भविष्यमा यो क्षेत्रमा सुरुङमार्ग समेत निर्माण गर्ने योजना छ । वार्षिक रूपमा सवारी वृद्धि भइरहेकाले सो सडक खण्डको विस्तार तथा वैकल्पिक मार्ग निर्माण गर्दा रिङरोडको चौडाइ पनि विस्तार गरेर सुरुङमार्ग निर्माणको योजना अगाडि सारिएको हो ।

सडक विभागका अनुसार सतप्रतिशत जाम कम गर्न नसकिए पनि हाल विस्तार भएको सडकबाट करिब ४० प्रतिशत सवारी चाप कम भएको छ । विस्तार भएको सडकबाट भक्तपुर पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन भएकाले जाममा बस्नुपर्ने अवस्था छैन । सो सडक खण्डमा दक्षिणतिर तीन लेन र उत्तरतिर एक लेन थप गर्दै सडक विस्तार गरिएकोे छ ।

नयाँ सडक विस्तारअनुसार पेप्सीकोलातर्फ एक लेन र कोटेश्वरबाट जडिबुटी जाँदा एक लेन थप भएको छ भने जडिबुटीबाट कोटेश्वरतर्फ भने तीन लेन विस्तार भएकों छ । विस्तारित सडक निर्माण सम्पन्न भएपछि सो सडक खण्डमा चार लेन थप भई आठ लेनको भएको छ । यसले गर्दा काठमाडौंबाट–भक्तपुर, ललितपुर जाने र काठमाडौं आउने सवारीका लागि सहज बनाएको छ ।

यही क्षेत्रमा अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडिबुटी खण्डमा जापानी परामर्शदाताले अन्डरपास र फ्लाइओभर निर्माण प्रस्ताव गरेको छ । दीर्घकालीन योजनाका लागि जापान सहयोग नियोग (जाइका)ले अन्डरपास र फ्लाइओभर निर्माण गर्न प्रस्ताव गरेको हो ।

तीनकुनेमा फ्लाइओभर निर्माण गरी त्रिभुवन विमानस्थलको सिमाना हुँदै जडिबुटीसम्म अन्डरपास निर्माण गर्ने र पुनः जडिबुटीमा फ्लाइओभर निर्माण गर्ने प्रस्ताव जाइकाको छ । यसरी निर्माण हुने तीनकुने–जडिबुटी सडक खण्डमा निरन्तर सवारी सुचारु हुनेछ । जसको कुल लम्बाइ १८ सय ६० मिटर हुने छ भने तीनकुनेमा ५ सय १० मिटर फ्लाइओभर हुनेछ । अन्डरपास ६ सय ४० मिटर हुनेछ, बीचमा यू आकारको २ सय ५० मिटरको सडक खण्ड हुने आरियन्टल परामर्शदाता जापानी कम्पनीले अध्ययन गरेको प्रस्तावमा भनिएको छ । परामर्शदाता कम्पनीले अन्य विकल्पमा पनि सो क्षेत्रको अध्ययन गरेर प्रस्ताव तयार गरेको भए पनि सो प्रस्ताव सडक विभागले उपयुक्त ठह¥याएको थियो ।

सम्बन्धित समाचारहरू

६ महिनामा १० लाख बढी सवारीसाधन कारबाहीमा

६ महिनामा १० लाख बढी सवारीसाधन कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२...

लुम्बिनी प्रदेशकै पहिलो ट्राफिक लाइट जडान

लुम्बिनी प्रदेशकै पहिलो ट्राफिक लाइट जडान

बुटवल – तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्ग सडक खण्ड अन्तरगत बुटवल...

गण्डकीमा घट्यो सवारी कर जरिवाना : अब २० प्रतिशत मात्र, यस्तो छ करको दर

गण्डकीमा घट्यो सवारी कर जरिवाना : अब २० प्रतिशत मात्र, यस्तो छ करको दर

गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...