टीभीएस रोनिनको विशेष संस्करण लन्च, यस्तो छ मूल्य र फिचर
टीभीएसले आफ्नो पहिलो क्रुजर मोटरसाइकल रोनिनको विशेष संस्करण लन्च गरेको छ...
काठमाडौ – भारतको चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा सम्पन्न टीभीएस अपाचे रेसिङ एक्सपेरियन्स अर्थात एआरई जीपी ग्रान्ड फिनालेमा नेपालका तीन राइडरहरूले दमदार प्रदर्शन गर्दै शीर्ष पोडियम स्थान हासिल गरेका छन्, जसले नेपाली मोटरस्पोट्र्सको नयाँ अध्याय सुरु भएको संकेत दिएको छ ।
एआरई जीपी नेपालबाट छनोट भएर अन्तर्राष्ट्रिय ट्र्याकमा पुगेका यी राइडरहरूले कठिन मोडहरू र उच्च गतिका चुनौतीहरू आत्मविश्वास र उत्कृष्ट नियन्त्रणसहित सामना गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन् ।
यस अनुसार नेपाली राइडर अभिनव राज मल्लले २०० सीसी विधामा प्रथम स्थान हासिल गरे भने दिलीप दनुवारले ३१० सीसी विधामा प्रथम स्थान हासिल गरे । त्यसैगरी सुजन थापा मगरले १६० सीसी विधामा दोस्रो स्थान हासिल गरे।
यो प्रदर्शनले टीभीएस अपाचे रेसिङ एक्सपेरियन्स (एआरई) जीपीको बढ्दो प्रभावलाई उजागर गरेको छ, जसले उदीयमान राइडरहरूलाई घरेलु सर्किटभन्दा बाहिर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ । स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्दै, यो कार्यक्रमले प्रतिस्पर्धी रेसरहरूको नयाँ पुस्ता तयार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।
यस सम्बन्धमा एक कार्यक्रमको आयोजना गर्दै जगदम्बा मोटर्सले उत्सव मनाएको छ । यस उपलब्धिबारे बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले हासिल गरेको यो सफलता हामी सबैका लागि गौरवको विषय हो। यो उपलब्धिले उनीहरूको मेहनत, क्षमता र प्रतिवद्धतालाई मात्र होइन, नेपालको मोटरस्पोट्र्स क्षेत्रको बढ्दो सम्भावनालाई पनि उजागर गरेको छ। टीभीएस अपाचे रेसिङ एक्सपेरियन्स जस्ता प्लेटफर्ममार्फत हामी युवा राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्दै उनीहरूको क्षमताको विकासमा निरन्तर प्रतिबद्ध छौं।’
टीभीएस रेसिङको प्रतिभा विकासप्रतिको निरन्तर लगानी यस्ता उपलब्धिहरूमार्फत स्पष्ट देखिन्छ, जहाँ तपारीले अन्तर्राष्ट्रिय अवसरसँग भेट गरेको छ। नेपालका लागि यो केवल पोडियम जित मात्र होइन, देशको मोटरस्पोट्र्स यात्रामा निरन्तर उकालो लागेको र क्षेत्रीय रेसिङ सर्किटमा मजबूत उपस्थिति जनाइरहेको संकेत पनि भएको जगदम्बा मोटर्सले जनाएको छ ।
टीभीएसले आफ्नो पहिलो क्रुजर मोटरसाइकल रोनिनको विशेष संस्करण लन्च गरेको छ...
टीभीएसले आफ्नो नयाँ बाइकमा काम गरिरहेको छ । रिपोर्टका अनुसार टीभीएसको...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...