एकदमै प्रतिस्पर्धी मूल्यमा आयो आर्कफक्स अल्फा टी७, एक घण्टामै ३० हजार युनिट बुकिङ

काठमाडौं–चीनको प्रमुख अटोमोबाइल उत्पादक बीएआईसी अन्तर्गतको प्रिमियम ब्राण्ड आर्कफक्सले आफ्नो अत्याधुनिक एसयूभी अल्फा टी७ लन्च गरेको छ ।

एकदमै प्रतिस्पर्धी मूल्यमा आएको यस गाडीले लन्च भएको पहिलो ६० मिनेटमै ३० हजारभन्दा बढी पक्का अर्डर प्राप्त गरी नयाँ कीर्तिमान कायम गरेको छ । नौ वटा विभिन्न भेरियन्टमा उपलब्ध यस कारको सुरुवाती मूल्य १९ हजार ५०० अमेरिकी डलर निर्धारण गरिएको छ ।

टी७ लाई कम्पनीले इलेक्ट्रिक र एक्सटेन्डेड रेन्ज दुबै पावरट्रेनमा उपलब्ध गराएको छ । जसमध्ये, एक्सटेन्डेड रेन्ज मोडलमा १.५ लिटरको रेन्ज एक्सटेन्डर र ४३.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले ३२० किलोमिटर इलेक्ट्रिक रेन्ज र कुल मिलाएर एक हजार ३१५ किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।

यस्तै पूर्ण इलेक्ट्रिक भेरियन्ट ८०० भोल्टको सिलिकन कार्बाइड प्लेटफर्ममा आधारित छ, जसमा जडान गरिएको ८४.८ किलोवाट आवरको ब्याट्रीले ७१५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

यस गाडीको भित्री बनावट र प्रविधिमा कम्पनीले उच्च ध्यान दिएको छ । परम्परागत मिटरको सट्टामा ४३.३ इन्चको विशाल हेड–अप डिस्प्ले र १७.३ इन्चको ३के टचस्क्रीन राखिएको छ । गाडीमा हुवावेको क्यानकुन एडीएस ५.० इन्टेलिजेन्ट ड्राइभिङ प्रणाली, २५ वटा सेन्सर र क्याबिन लेजर भिजन जडान गरिएको छ । यसले राजमार्ग तथा सहरी क्षेत्रमा स्वतः गाडी चलाउन र १६० भन्दा बढी अवस्थामा स्वचालित पार्किङ गर्न सहयोग गर्छ ।

आर्कफक्स नेपाली बजारमा समेत उपलब्ध ब्रान्ड हो । नेपाली बजारमा यसको टी१ मोडल हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपोमा लन्च भएको थियो । लक्ष्मी ग्रुप आधिकारिक वितरक रहेको यस ब्रान्डको नयाँ मोडल अल्फा टी७ भोलीका दिनमा नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...