नोर्टन मोटरसाइकल अव भारतमै उत्पादन हुने
नोर्टन मोटरसाइकलले २०२५ बाट आफ्नो बाइक भारतमा उत्पादन गर्ने योजना बनाएको...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालकै पहिलो अपाचे रेसिङ एक्सपेरियन्स (एआरई) आयोजना गर्ने भएको छ । देशकै मोटर स्पोर्ट्स यात्रामा यो एक ऐतिहासिक कोशेढुंगा सावित हुने कम्पनीको भनाइ छ ।
शनिबार काठमाडौंको सतुंगलस्थित भेइकल रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा सो इभेन्ट आयोजना हुने जगदम्बा मोटर्सले जनाएको छ ।
टीभीएसको आइकनिक अपाचे सिरिजको २०औं वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा हुन लागेको सो एआरईले दुई दशक देखिको प्रिसिजन इन्जिनियरिङ, ट्रयाक–प्रेरित प्रदर्शन र विश्वव्यापी रेसिङ समुदायमा यसको सशक्त उपस्थितिलाई उत्सवका रुपमा मनाउने छ ।
सन् २००५ मा सार्वजनिक भएदेखि नै टीभीएस अपाचे एसियाकै सबैभन्दा चर्चित परफर्मेन्स मोटरसाइकल लाइन–अप मध्ये एकको रूपमा स्थापित भएको छ। यस पछाडि भारतको पहिलो फ्याक्ट्री रेसिङ टिम टीभीएस रेसिङको विरासत रहेको छ, जसले ४० वर्षभन्दा बढी समयदेखि मोटरस्पोट्र्स क्षेत्रमा उत्कृष्टता हासिल गर्दै आएको छ। यही २० वर्षको सफल यात्राको अवसरमा टीभीएसले आफ्नो विश्वप्रसिद्ध अपाचे रेसिङ एक्सपेरियन्सलाई पहिलो पटक नेपालमा ल्याएको बताएको छ ।
अपाचे रेसिङ एक्सपेरियन्स (एआरई) ले अपाचे मोटरसाइकल धनीहरूलाई पेशेवर प्रशिक्षकहरूसँग प्रशिक्षण लिने, उन्नत राइडिङ डाइनामिक्सबारे ज्ञान प्राप्त गर्ने तथा सुरक्षित र नियन्त्रणित वातावरणमा रेस–प्रेरित अभ्यासमा सहभागी हुने दुर्लभ अवसर प्रदान गर्दछ। यस कार्यक्रममा कर्नरिङ, प्रेसिजन ब्रेकिङ, थ्रोटल कन्ट्रोल, रेसिङ पोस्टर तथा समग्र ह्यान्डलिङ जस्ता महत्वपूर्ण प्रविधिहरू सिकाइनेछ, जसले राइडरहरूलाई आफ्नो अपाचे मोटरसाइकलको वास्तविक प्रदर्शन क्षमतालाई उजागर गर्न सहयोग गर्नेछ।
कार्यक्रमका अवसरमा बोल्दै जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टीभीएस अपाचेको २० वर्षको गौरवपूर्ण यात्रालाई मनाउँदै गर्दा अपाचे रेसिङ एक्सपेरियन्स हाम्रो लागि गर्वको क्षण हो। यो पहलले नेपालमा मोटरस्पोट्र्स संस्कृतिको विकासप्रति हाम्रो प्रतिबद्धता झल्काउँछ र नेपाली राइडरहरूलाई विश्वस्तरीय रेसिङ अनुभव प्रदान गर्छ। नेपाली प्रतिभाहरू अन्तर्राष्ट्रिय रेसिङ प्लेटफर्ममा देखिने विश्वास लिएका छौं।’
कार्यक्रमलाई अझ रोमाञ्चक बनाउँदै एआरई नेपालका समग्र विजेताले भारतको प्रतिष्ठित मद्रास इन्टरनेसनल सर्किटमा आयोजना हुने वान–मेक च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने विशेष अवसर प्राप्त गर्नेछन्।
कार्यक्रमको दीर्घकालीन दृष्टिकोणबारे प्रकाश पार्दै जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक रौनियारले भने, ‘अपाचे रेसिङ एक्सपेरियन्स केवल राइडिङ इभेन्ट मात्र होइन, यो सीप विकास, अनुशासन र प्रदर्शनमा केन्द्रित संरचित प्लेटफर्म हो। विजेतालाई मद्रास इन्टरनेसनल सर्किटमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेर हामी प्यासन र प्रोफेसनल रेसिङबीचको स्पष्ट मार्ग निर्माण गर्दैछौं।’
एआरई नेपाल अन्तर्गत एक्सपर्ट गाइडेड राइडिङ सेसन, प्रविधि केन्द्रित अभ्यास तथा सिकाइ मोड्युल, सेफ्टी राइडिङ सपोर्ट र सेफ्टी ब्रिफिङ, राइडर कम्युनिटी बिचमा कनेक्ट हुने र अपाचेको लिगेसीलाई सेलिब्रेट गर्ने जस्ता अवसर प्राप्त हुनेछन् । सो अवसरमा फुड एन्ड बेभरेज स्टल तथा दर्शकहरुका लागि फन एन्ड गेम स्टल समेत रहने छन् ।
हाल टीभीएस अपाचे सिरिजका मोटरसाइकल धनीहरूका लागि मात्र दर्ता खुला गरिएको छ। इच्छुक टीभीएस अपाचे ग्राहकहरूले टीभीएस नेपालका आधिकारिक सामाजिक सञ्जालमार्फत कार्यक्रम विवरण तथा दर्तासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्। सहभागिता सिट सीमित रहने जनाइएको छ।
टीभीएस नेपालले सबै अपाचे राइडरहरूलाई देशमै पहिलो पटक आयोजना हुन लागेको अपाचे रेसिङ एक्सपेरियन्सको ऐतिहासिक क्षणको साक्षी बन्न आह्वान गरेको छ - जहाँ स्पिड, प्यासन र पर्फमेन्समार्फत दुई दशकको प्रेरणादायी यात्रालाई उत्सवका रूपमा मनाइनेछ।
नोर्टन मोटरसाइकलले २०२५ बाट आफ्नो बाइक भारतमा उत्पादन गर्ने योजना बनाएको...
टिभिएस बाइकको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले नयाँ बर्ष अफर...
टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा लन्च हुने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...