पूर्व नाडा अध्यक्ष अञ्जन श्रेष्ठ बने उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि तीन जना प्रत्याशी अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईको उम्मेदवारी परेको थियो ।

बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुने भएको थियो । अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशलालले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् ।

अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१,७१ प्रतिशत मत पाए । ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

नेपाली अटोमोबाइल क्षेत्रमा लक्ष्मी ग्रुप अन्तर्गतका विभिन्न अटोमोबाइल व्यवसायमा श्रेष्ठ कार्यरत छन् ।

सम्बन्धित समाचारहरू

पोखरामा वाडा अटो शो आयोजना गरिने

पोखरामा वाडा अटो शो आयोजना गरिने

पोखरा – पोखरामा आगामी चैत महिना भित्रै अटो शो हुने भएको छ । पोखरामा अवस्थित...

अर्ब रुपैयाँ बढी कारोबार गर्ने यी ३ स्पेयर पार्ट्स व्यवसायी नाडाको चुनावी मैदानमा

अर्ब रुपैयाँ बढी कारोबार गर्ने यी ३ स्पेयर पार्ट्स व्यवसायी नाडाको चुनावी मैदानमा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि पर्सि मतदान...

अटो शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न जनशक्तिका लागि खोप उपलब्ध गराउन माग

अटो शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न जनशक्तिका लागि खोप उपलब्ध गराउन माग

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल शोरुम, वर्कशप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...