निजी क्षेत्रलाई जिवन्त, जिम्मेवार र जोशिलो बनाउने अञ्जन श्रेष्ठको वाचा

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले हात्तिसारमा आयोजित घोषणा सभामार्फत आफ्नो टिमका साथमा वाचापत्र सार्वजनिक गर्दै यस्तो बताएका हुन् । स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने उनले बताए ।

नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए ।

महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठले स्पष्ट पारे । साथै आफ्नो टिमले सहभावना र सहकार्यको मुलआधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।

नेपाली अटोमोबाइल क्षेत्रमा लक्ष्मी ग्रुप अन्तर्गतका विभिन्न अटोमोबाइल व्यवसायमा श्रेष्ठ कार्यरत छन् ।

सम्बन्धित समाचारहरू

मोटर स्पोर्ट्स प्रेमीका लागि हुन्डाईको पहिलो एन–लाइन कार सेप्टेम्बरमा लन्च हुँदै

मोटर स्पोर्ट्स प्रेमीका लागि हुन्डाईको पहिलो एन–लाइन कार सेप्टेम्बरमा लन्च हुँदै

हुन्डाईले २०२१ मा एन–लाइनको पहिलो प्रोडक्ट लन्च गर्ने भएको छ । कम्पनीले सो...

नाइमालाई लक्ष्यित गरी हुन्डाईले ल्यायो नयाँ अफर, भियतनाम भ्रमण र अन्य धेरै सुविधा

नाइमालाई लक्ष्यित गरी हुन्डाईले ल्यायो नयाँ अफर, भियतनाम भ्रमण र अन्य धेरै सुविधा

काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य

गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य

काठमाडौं – सवारी साधन आयातका लागि आयातकर्ता कम्पनीहरुले एलसी खोल्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...