एम्पियर इलेक्ट्रिक स्कुटर अब सर्लाहीको मलंगवामा पनि, बीएम ईभी हब बन्यो आधिकारिक थ्री–एस सेन्टर

काठमाडौं— भारतको लोकप्रिय तथा अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिकले सर्लाहीको मलंगवामा आफ्नो नयाँ बिक्री तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । एम्पियरको नेपालका लागि आधिकारिक वितरक एसटीसी अटो सोलुसनले मलंगवास्थित बीएम ईभी हबलाई आफ्नो आधिकारिक बिक्री, पार्ट्स र सर्भिस (थ्री–एस) केन्द्रको जिम्मेवारी सुम्पेको हो ।

नेपालभर विद्युतीय मोबिलिटीको पहुँच विस्तार गर्ने रणनीतिअन्तर्गत नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । सो नयाँ थ्री–एस सेन्टरबाट ग्राहकले स्कुटरको प्रत्यक्ष अवलोकन तथा टेष्ट राइड, खरिद तथा फाइनान्स सुविधा र बिक्री पछिको सहज सेवा लगायत सुविधा पाउनेछन् ।

नेपाली बाजरमा एम्पियरका नेक्सस ईएक्स, नेक्सस ईएक्स प्लस र म्याग्नस जी म्याक्स गरी कुल तीन मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । जसको मुल्य क्रमशः ३ लाख ३५ हजार, ३ लाख ४५ हजार र ३ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

भारतको ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा निर्मित एम्पयरका स्कुटरमा उच्च प्रविधियुक्त लिथियम फेरो फस्फेट (एलएफपी) ब्याट्री प्याक प्रयोग गरिएको छ ।

यी ब्याट्रीहरु माइनस ४० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा परिक्षण गरिएका छन् । ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटर सम्मको दीर्घकालीन वारेन्टी उपलब्ध गराइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...