अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी फोर्स गोर्खाको मूल्य र फिचर सार्वजनिक

फोर्स मोटसले आइकनिक अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी गोर्खाको नयाँ मोडल भारतीय बजारमा लन्च गरेको छ । यसको प्रारम्भिक मूल्य १३ लाख ५९ हजार भारु तोकिएको छ । आकर्षक लुक र दमदार इन्जिनयुक्त सो अफरोडर एसयूभीको २५ हजार भारुका साथ बुकिङ गर्न सकिन्छ । यसको डेलिभरी अक्टोबर १५ देखि गरिने बताइएको छ ।

भारतमा यसको प्रतिस्पर्धा महिन्द्रा थार जस्ता एसयूभीसँग हुनेछ । महिन्द्रा थारसँग प्रतिस्पर्धामा उतार्नका लागि यो सेकेन्ड जेनेरेसन गोर्खामा धेरै परिवर्तन गरिएको छ । यो पहिले भन्दा धेरै एड्भेन्चर लाइफस्टाइल भेइकल बनेको छ । यसका लागि धेरै सुविधायुक्त र मोडर्न फिचर यसमा समावेश गरिएको छ ।

नयाँ फोर्स गोर्खा धेरै रफ एन्ड टफ स्टाइल, अपडेटेड इन्टेरियर र बीएस६ मापदण्डयुक्त डिजेल इन्जिनका साथ आएको छ । सो एसयूभी ह्वाइट, ग्रे, ग्रिन, ओरेन्ज र रेड कलर अप्सनका साथ उपलब्ध हुनेछ ।

नयाँ फोर्स गोर्खामा बीएस६ इन्जिनयुक्त २.६ लिटर डिजेल इन्जिन दिइएको छ, जसले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनका साथ हाइड्रोलिक रुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड मर्सिडिज जी–२८ गियरबक्स दिइएको छ । सो इन्जिन अल ह्विल ड्राइभ सिस्टम र लो–रेन्ज ट्रान्सफर केसका साथ फ्रन्ट र रियर लकिङ डिफ्रेन्सियलका साथ आउछ ।

एड्भेन्चर शौखिनका लागि यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल सामेल छ । त्यसैगरी यसमा अफरोडिङ टायर उपलब्ध छ । कम्पनीले यसका डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १६ इन्चको ट्युबलेस टायर राखेको छ । यसको चारैतिर अफरोड क्लेडिङ उपलब्ध छ ।

यसको क्याबिनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी तथा नेभिगेसन सपोर्टका लागि टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । यसमा टिल्ट र टेलिस्कोपिक एड्जस्टेबल स्टेयरिङ कोलम, सेन्ट्रल लकिङ, पावर विन्डो, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ, भेरिएबल इन्टरमिटेन्ट स्पिड फ्रन्ट वाइपर, कर्नरिङ ल्याम्प, स्पिड सेन्सिङ डोरलक र वाइपरका साथ सिंगल पिस रियर डोर जस्ता फिचरका साथै एक नयाँ ब्ल्याक इन्टेरियर उपलब्ध छ ।

नयाँ २०२१ फोर्स गोर्खा फरवार्ड फेसिङ रियर सिटका साथ उपलब्ध हुन्छ । यसमा ५ सय लिटर भन्दा धेरैको बुट स्पेस उपलब्ध छ । यसको डिजाइनमा पनि पहिले भन्दा फरक छ । यसमा सर्कुलर बाई–एलईडी हेडल्याम्प र एलईडी डीआरएल दिइएको छ । त्यसैगरी कारमा फ्रन्ट ग्रिल, नयाँ फगल्याम्प, क्लेमलेस बोनट, ब्ल्याक क्लेडिङले ढाकिएको ह्विल आर्च, नयाँ डिजाइन गरिएको १६ इन्चको अलोय ह्विल, छतमा लगेज क्यारियर, नयाँ टेलल्याम्पका साथ टेलगेटमा एक सिढी जस्तै फिचर उपलब्ध छ ।

नेपाली बजारमा आयाम इन्टरकन्टिनेन्टलले फोर्स गोर्खा नेपाली बजारमा भित्र्याउने बताएको छ ।

सम्बन्धित समाचारहरू

फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने

फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने

फोर्डले आफ्नो लोकप्रिय एसयूभी ब्रोंकोको ईभी र प्लग–इन–हाइब्रिड संस्करण...

२०२१ फोर्स गोर्खाको टिजर सार्वजनिक, महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने

२०२१ फोर्स गोर्खाको टिजर सार्वजनिक, महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने

फोर्स मोटर्सले चाँडै नै अफरोड एसयूभी गोर्खा नयाँ अवतारमा लन्च गर्ने तयारी...

१ करोड ९९ लाख मूल्यको नयाँ फोर्ड एभरेष्ट नेपाल भित्रिदै, खुल्यो बुकिङ

१ करोड ९९ लाख मूल्यको नयाँ फोर्ड एभरेष्ट नेपाल भित्रिदै, खुल्यो बुकिङ

काठमाडौं – फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...