नाडा अध्यक्षका प्रत्यासी धुब्र थापाले सार्वजनिक गरे ६ बुँदे प्रतिबद्धता
अटोमोबाइल ब्यावसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज बसेको नयाँ कार्यसमितिको पहिलो बैठकबाट अध्यक्ष ध्रुव थापाले ३ नयाँ सदस्य मनोनित गरेका छन् ।
मनोनित हुने नयाँ सदस्यहरुमा टीभीएस बाइकको वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल, बजाज बाइकको वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिभन्यु गोल्छा, र होन्डा मोटरसाइकलको वितरक स्याकार ट्रेडिङ कम्पनीका महाप्रबन्धक सोहन श्रेष्ठ रहेका छन् । यी तीनै जना मानोनित सदस्य ठूला कर्पोरेट हाउसका प्रतिनिधिहरु हुन् ।
यद्यपि नाडामा ठूलो संख्या स्पेयर पार्टस तथा कम्पोनेन्ट्सबाट सदस्य रहेपनि मनोनितमा यो क्षेत्रबाट एकजना सदस्य पनि नपरेको भन्दै सो क्षेत्रका व्यवसायीहरु असन्तुष्ट बनेका छन् ।
नाडाको विधान अनुसार अध्यक्ष बाहेक १७ जना निर्वाचित सदस्य, प्रदेशबाट ७ जना, ३ जना अध्यक्षबाट मनोनित र निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ ।
आजको बैठकले पदाधिकारीको चयन गर्ने बताइएको छ । २९ जनाको कार्यसमितिबाट एक जना अध्यक्ष, ४ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकएक जना गरी कुल ९ जनाको पदाधिकारी टिम बन्ने छ । जसमध्ये उपाध्यक्ष सहित अन्य पदाधिकारीको चयन भने निर्वाचनबाट गर्न लागिएको छ ।
गत मंसिर २३ गते सम्पन्न साधारण सभा तथा अधिवेशनबाट ध्रुव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको थियो ।
अटोमोबाइल ब्यावसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
काठमाडौं – करिब डेढ वर्षदेखि चलायमान हुन नसकेको अटो क्षेत्र आइतबार नेपाल...
काठमाडौं – नेपाली बजारमा बजाज एनएस सिरिजका बाइक पहिले देखि नै उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...