नाडा सदस्यमा ३ ठूला कर्पोरेट हाउसका प्रतिनिधि मनोनित

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज बसेको नयाँ कार्यसमितिको पहिलो बैठकबाट अध्यक्ष ध्रुव थापाले ३ नयाँ सदस्य मनोनित गरेका छन् ।

मनोनित हुने नयाँ सदस्यहरुमा टीभीएस बाइकको वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल, बजाज बाइकको वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिभन्यु गोल्छा, र होन्डा मोटरसाइकलको वितरक स्याकार ट्रेडिङ कम्पनीका महाप्रबन्धक सोहन श्रेष्ठ रहेका छन् । यी तीनै जना मानोनित सदस्य ठूला कर्पोरेट हाउसका प्रतिनिधिहरु हुन् ।

यद्यपि नाडामा ठूलो संख्या स्पेयर पार्टस तथा कम्पोनेन्ट्सबाट सदस्य रहेपनि मनोनितमा यो क्षेत्रबाट एकजना सदस्य पनि नपरेको भन्दै सो क्षेत्रका व्यवसायीहरु असन्तुष्ट बनेका छन् ।

नाडाको विधान अनुसार अध्यक्ष बाहेक १७ जना निर्वाचित सदस्य, प्रदेशबाट ७ जना, ३ जना अध्यक्षबाट मनोनित र निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ ।

आजको बैठकले पदाधिकारीको चयन गर्ने बताइएको छ । २९ जनाको कार्यसमितिबाट एक जना अध्यक्ष, ४ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकएक जना गरी कुल ९ जनाको पदाधिकारी टिम बन्ने छ । जसमध्ये उपाध्यक्ष सहित अन्य पदाधिकारीको चयन भने निर्वाचनबाट गर्न लागिएको छ ।

गत मंसिर २३ गते सम्पन्न साधारण सभा तथा अधिवेशनबाट ध्रुव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको थियो ।

सम्बन्धित समाचारहरू

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...

भन्सार नाकामा थन्किएका ८५० कार नेपाल आउने, भदौ १४ पछि पनि प्रतिवन्ध हट्नेमा आशंका

भन्सार नाकामा थन्किएका ८५० कार नेपाल आउने, भदौ १४ पछि पनि प्रतिवन्ध हट्नेमा आशंका

वैशाख १३ अघि एलसी खोलिएका ८५० वटा कार, जीप र भ्यान नेपाल आउने भएका छन् ।...

युरो ६ सकारात्मक : तर तयारी गरेर मात्र लागू गर्न नाडाको आग्रह

युरो ६ सकारात्मक : तर तयारी गरेर मात्र लागू गर्न नाडाको आग्रह

काठमाडौं – सम्पुर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...