पटक पटक बढेको मूल्यमा फेरि पनि बढ्यो बजाज मोटरसाइकलको मूल्य : ४ हजार देखि १६ हजार सम्म

काठमाडौं – पटक पटक बढिरहेको बजाज मोटरसाइकलको मूल्य फेरि बढेको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आज देखि लागू हुने गरी मोटरसाइकलको मूल्यमा वृद्धि गरेको हो ।

नेपाली बजारमा उपलब्ध अधिकांश मोटरसाइकलको मूल्यमा वृद्धि गरिएको छ । यस अनुसार सबैभन्दा कम मूल्यको मोटरसाइकल प्लाटिना १००ईएसको मूल्यमा ४ हजार रुपैयाँले वृद्धि गरिएको छ । यसको मूल्य पहिले १ लाख ८५ हजार ९ सय भएकोमा अब १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

डिस्कभर १२५ डिस्क, डिस्कभर १२५ एसटी र एभेन्जर क्रुज २२० को मूल्यमा ५ हजार रुपैयाँले वृद्धि भएको छ । अब यी मोटरसाइकलको मूल्य क्रमशः २ लाख १४ हजार ९ सय, २ लाख २५ हजार ९ सय र ३ लाख ६४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

पल्सर १२५ डिस्क, पल्सर १५० टीडी र पल्सर २०० एनएस एफआई एबीएस प्रत्येकको मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी मोटरसाइकलको मूल्य क्रमशः २ लाख ४४ हजार ९ सय, २ लाख ८९ हजार ९ सय र ३ लाख ८७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

एभेन्जर १६० स्ट्रिट एबीएस, पल्सर १६० एनएस टीडी एबीएस र पल्सर २२०एफ एबीएसको मूल्यमा ७ हजार रुपैयाँले वृद्धि भएको छ । यी मोटरसाइकलको मूल्य क्रमशः ३ लाख ४३ हजार ९ सय, ३ लाख १५ हजार ९ सय र ३ लाख ५९ हजार ९ सय रुपैयाँ पुगेको छ । पल्सर १५० एसडीको मूल्यमा ८ हजार रुपैयाँले वृद्धि भई २ लाख ७४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बजाजले धेरै रकमको मूल्य वृद्धि गर्दै आएको डोमिनार सिरिजको मूल्य अहिले पनि बढाएको छ । डोमिनार २५० को मूल्यमा ११ हजार र डोमिनार ४०० को मूल्यमा १६ हजार रुपैयाँले वृद्धि गरिएको छ । अब यी दुई मोडलको मूल्य क्रमशः ५ लाख १८ हजार ९ सय र ५ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बजाज मोटरसाइकलका सबै मोडलको मूल्य र फिचर यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतीय बजारमा बजाज डोमिनार २५० को मूल्य एकै पटक १६ हजार ८ सय भारुले घटेको छ ।...

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

टु ह्विलर सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका बजाज, टीभीएस, यामाहा र...

पल्सर २२०एफ : २४ गते भन्दा पहिले किन्दा २० हजार सिधै फाइदा

पल्सर २२०एफ : २४ गते भन्दा पहिले किन्दा २० हजार सिधै फाइदा

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...