बीस महिनापछि नेपाल–भारत मैत्री बस सञ्चालन


काठमाडौं- महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ ।

दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा आज आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।

कोरोना महामारीपछि रोकिएको बस सेवा कोरोना संक्रमण दर क्रमशः घट्दै गएकाले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि पुनः प्रारम्भ हुने भएको हो ।

भेरी यातायात प्रालिले नेपाली नम्बरको बस नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि पुनः सञ्चालनमा ल्याएको अध्यक्ष राजेन्द्र गिरिले जनाकारी दिए ।

दुईवर्ष अघि सञ्चालनमा ल्याएको उत्त: बस सेवा बन्द गर्नु पर्दा व्यवसायीलाई ठूलो नोक्सानी भएको उनले बताए ।

उनले यस बीचमा टुर्स ट्राभल्सका नाममा टिकट काटेर नेपालीलाई अलपत्र पार्ने गिरोहका कारण भारतका विभिन्न सहर जाने यात्रीलाई मैत्री बसले भरपर्दो र सुरक्षित सेवा दिने दावी गरे ।

कोरोना संक्रमण घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरि उक्त बस सेवा प्रारम्भ गर्न लागिएको उनले बताए ।

अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राती ८ बजे छुट्ने छ ।

यसैगरि दिल्लीका लागि साँझ ५ बजे नेपालगञ्जबाट छुट्ने र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे नै बस छुट्ने छ ।

यस्तै, हरिद्वारका लागि नेपालगञ्जबाट राती ८ बजे बस छुट्ने र हरिद्धारबाट नेपालगञ्जका लागि अपरान्ह ४ बजे बस छुट्ने छ ।

लामो समयदेखि रोकिएको उक्त बस सेवा फेरि सुचारु भएपछि दिल्ली, लखनउ र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ ।

रुपैडिहाबाट हरिद्वार र दिल्ली जाने नेपाली धेरै ठाउँमा ठगिने गरेकोले पनि नेपाल–भारत मैत्री बस सेवाबाट ती ठाउँको यात्रा सुरक्षित र सहज हुने भेरी यातायात प्रालिले जनाएको छ ।

बस सेवा सुरु भएपछि दुबै देशबीच व्यापार व्यवसाय समेत बढ्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

उनले भने– ‘कोरोनाले थलिएको यातायात व्यवसायलाई मैत्री बस पुनः सञ्चालन हुँदा व्यवसायमा ठूलो प्रभाव पार्ने छ ।’

उनले यस सेवाले रुग्ण अवस्थामा रहेको व्यावसाय पुनः सञ्चालन हुने र गति लिने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचारहरू

सडकमा ब्रेक र मोडको सन्तुलन: सानो हतारो, जीवनभरको पछुतो

सडकमा ब्रेक र मोडको सन्तुलन: सानो हतारो, जीवनभरको पछुतो

सवारी दुर्घटनाको एउटा प्रमुख र बिर्सन नहुने कारण भनेको चोक, शाखा सडक वा...

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल...

लागू भयो ट्रायलमा अंक प्रणाली, आजदेखि ७० अंक ल्याए लाइसेन्स

लागू भयो ट्रायलमा अंक प्रणाली, आजदेखि ७० अंक ल्याए लाइसेन्स

सवारी चालक अनुमति पत्र निर्देशिका बनेको झन्डै दुई वर्षपछि बागमती प्रदेशमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...