आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले मैले यो बाइक रोजेको हुँ – श्रेष्ठ

किरण श्रेष्ठ हाल सांग्रिला मोटर्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा कार्यरत छन् । सांग्रिला मोटर्स नेपाली बजारमा सिट्रोन, प्युजो र लिप मोटर्सको आधिकारिक वितरक हो । यस अनुसार श्रेष्ठ चारपांग्रे सवारी साधन व्यवसायमा संलग्न छन् ।

तर हालै उनको दुईपांग्रे सवारी साधनप्रतिको क्रेज समेत सार्वजनिक भएको छ । हालै नेपाली बजारमा भित्रिरहेको सीएफमोटो ४५० एमटी बाइक खरिद गरेका छन् । तिहार अघि नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सो बाइक श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

एड्भेन्चर बाइक चढ्ने पहिले देखिकै रहर पुरा गर्नका लागि सो बाइक खरिद गरेको श्रेष्ठले बताए । ‘आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले मैले यो बाइक रोजेको हुँ,’ श्रेष्ठले भने । करिव चार महिना देखि नै यो बाइकको वारेमा जान्न उत्सुक रहेको र नाडामा नेपाल भित्रिने भए पछि यसको वारेमा अझै बढी अध्ययन गरेको उनले बताए ।

नेपाली बजारमा उपलब्ध अन्य एड्भेन्चर टुरिङ बाइक केटीएम ३९०, बीएमडब्ल्यु जीएस ३१०, बेनेली टीआरके र होन्डाको सीआरएफ ¥याली समेत रोजाइमा परेको भए पनि साढे १२ लाख मूल्यमै पाइने बजेट फ्रेन्ड्ली भएकाले अझै यसलाई रुचाएको उनले बताए । सीएफमाेटाे ड्युअल सिलिन्डर इन्जिन, आकर्षक एक्जस्ट नोट लगायतका कारण यसलाई रुचाएको उनले बताए ।

करिव १० वर्ष पहिले सम्म उनले यामाहा आरवान फाइभ लगायतका बाइक चढेका थिए । उनले अन्य बाइक चलाएर मुक्तिनाथ सम्मको यात्रा गरेका छन् । आगामी दिनमा केटीएम ४५० एमटी चलाएर यस्तै लामो दुरीको यात्रा गर्न सहज हुने उनको अपेक्षा छ । ट्राभलमा रुचि राख्ने भएकाले छोटो दुरीको यात्रा समेत गर्न सकिने उनले बताए ।

नेपाली बजारमा हालै मात्र भित्रिएको सीएफमोटो ४५० एमटी आकर्षक एड्भेन्चर टुरिङ मोटरसाइकल हो । सीएफमोटो ४५० एमटीमा ४४९.५ सीसी ट्विन सिलिन्डर इन्जिन छ, जसले ४४ पीएस पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । १७५ किलोग्राम तौल भएको सो एड्भेन्चर टुरर बाइक हलुका र छरितो छ । परिस्कृत स्थिरताको लागि यसमा रियर स्विचेबल बोसको ड्युअल च्यानल एबीएस तथा बोसकै ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस) छ ।

यसमा भएको कर्भ्ड टीएफटी कलर डिस्प्लेले बाइकमा मोडर्न टच थपेको छ भने १७.५ लिटरको इन्धन ट्यांकीले लामो दुरीको यात्रामा पटक पटक इन्धन भर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । त्यसैगरी यसमा भएको २१ इन्च र १८ इन्चको ट्युबलेस टायर सहितको अलोय ह्विलले एड्भेन्चरका लागि उपयुक्त मोडलको पहिचान कायम गरेको छ भने र मेटल तथा रबर अफरोड पेडलले जुनसुकै टेरेन्सका लागि पनि यसलाई उपयुक्त बनाएको छ ।

सम्बन्धित समाचारहरू

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

काठमाडौं– विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले...

‘आरवाईडी नेपाल’को पहिलो वर्कसप सञ्चालनमा, ८०० रुपैयाँमै बाइक भाडामा पाइने

‘आरवाईडी नेपाल’को पहिलो वर्कसप सञ्चालनमा, ८०० रुपैयाँमै बाइक भाडामा पाइने

काठमाडौं – नेपाली बजारमा बाइक भाडामा उपलब्ध गराउने एउटा भरपर्दो...

होण्डाले ल्यायो आकर्षक अफर, बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक

होण्डाले ल्यायो आकर्षक अफर, बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक

काठमाडौँ – नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...