सेन्सेइ ब्रान्डकाे नयाँ वर्ष योजना सुरु, बाइक जित्ने अवसर
काठमाडौं – सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष-२०८२...
किरण श्रेष्ठ हाल सांग्रिला मोटर्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा कार्यरत छन् । सांग्रिला मोटर्स नेपाली बजारमा सिट्रोन, प्युजो र लिप मोटर्सको आधिकारिक वितरक हो । यस अनुसार श्रेष्ठ चारपांग्रे सवारी साधन व्यवसायमा संलग्न छन् ।
तर हालै उनको दुईपांग्रे सवारी साधनप्रतिको क्रेज समेत सार्वजनिक भएको छ । हालै नेपाली बजारमा भित्रिरहेको सीएफमोटो ४५० एमटी बाइक खरिद गरेका छन् । तिहार अघि नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सो बाइक श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
एड्भेन्चर बाइक चढ्ने पहिले देखिकै रहर पुरा गर्नका लागि सो बाइक खरिद गरेको श्रेष्ठले बताए । ‘आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले मैले यो बाइक रोजेको हुँ,’ श्रेष्ठले भने । करिव चार महिना देखि नै यो बाइकको वारेमा जान्न उत्सुक रहेको र नाडामा नेपाल भित्रिने भए पछि यसको वारेमा अझै बढी अध्ययन गरेको उनले बताए ।
नेपाली बजारमा उपलब्ध अन्य एड्भेन्चर टुरिङ बाइक केटीएम ३९०, बीएमडब्ल्यु जीएस ३१०, बेनेली टीआरके र होन्डाको सीआरएफ ¥याली समेत रोजाइमा परेको भए पनि साढे १२ लाख मूल्यमै पाइने बजेट फ्रेन्ड्ली भएकाले अझै यसलाई रुचाएको उनले बताए । सीएफमाेटाे ड्युअल सिलिन्डर इन्जिन, आकर्षक एक्जस्ट नोट लगायतका कारण यसलाई रुचाएको उनले बताए ।
करिव १० वर्ष पहिले सम्म उनले यामाहा आरवान फाइभ लगायतका बाइक चढेका थिए । उनले अन्य बाइक चलाएर मुक्तिनाथ सम्मको यात्रा गरेका छन् । आगामी दिनमा केटीएम ४५० एमटी चलाएर यस्तै लामो दुरीको यात्रा गर्न सहज हुने उनको अपेक्षा छ । ट्राभलमा रुचि राख्ने भएकाले छोटो दुरीको यात्रा समेत गर्न सकिने उनले बताए ।
नेपाली बजारमा हालै मात्र भित्रिएको सीएफमोटो ४५० एमटी आकर्षक एड्भेन्चर टुरिङ मोटरसाइकल हो । सीएफमोटो ४५० एमटीमा ४४९.५ सीसी ट्विन सिलिन्डर इन्जिन छ, जसले ४४ पीएस पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । १७५ किलोग्राम तौल भएको सो एड्भेन्चर टुरर बाइक हलुका र छरितो छ । परिस्कृत स्थिरताको लागि यसमा रियर स्विचेबल बोसको ड्युअल च्यानल एबीएस तथा बोसकै ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस) छ ।
यसमा भएको कर्भ्ड टीएफटी कलर डिस्प्लेले बाइकमा मोडर्न टच थपेको छ भने १७.५ लिटरको इन्धन ट्यांकीले लामो दुरीको यात्रामा पटक पटक इन्धन भर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । त्यसैगरी यसमा भएको २१ इन्च र १८ इन्चको ट्युबलेस टायर सहितको अलोय ह्विलले एड्भेन्चरका लागि उपयुक्त मोडलको पहिचान कायम गरेको छ भने र मेटल तथा रबर अफरोड पेडलले जुनसुकै टेरेन्सका लागि पनि यसलाई उपयुक्त बनाएको छ ।
काठमाडौं – सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष-२०८२...
काठमाडौं – नेपालका लागि जोनसेन ब्रान्डका बाइकको आधिकारिक वितरक...
चेक रिपब्लिकका राष्ट्रपति पिटर पावेलले सीएफमोटोको लोकप्रिय मोटरसाइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...