नाइमा मोबिलिटी एक्स्पोमा सीएफमोटोको बुकिङ अपेक्षाभन्दा बढी, २५० डुअल ईएफआई ५७ युनिट, अन्य कति ?

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमाजारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पाँचौ दिन सम्म सीएफमोटोका मोटरसाइकल तथा स्कुटरको बुकिङले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको छ। एक्स्पो अवधिमा सीएफमोटोका विभिन्न मोडलमा उल्लेख्य संख्यामा बुकिङ भएको सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जनाएको छ।

पाँच दिनको अवधिमा सीएफमोटो २५० डुअल ईएफआई ५७ युनिट, नयाँ डेकलसहितको ४५० एमटी ३२ युनिट र ग्राफिन ब्याट्रीयुक्त जिहो एई४ एसई २२ युनिट बुकिङ भएको छ।

सीएफमोटो २५० डुअल ईएफआईको बजार मूल्य ५ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ। सो मोटरसाइकलमा २० हजार रुपैयाँ छुट, ५ वर्षको इन्जिन वारेन्टी, निःशुल्क एसेसरिज, हेल्मेट तथा ४ वटा निःशुल्क सर्भिस कुपन प्राप्त गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नयाँ डेकलसहितको सीएफमोटो ४५० एमटीको मूल्य १२ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। एक्स्पो अवधिमा यो मोटरसाइकल खरिद गर्ने ग्राहकलाई २० हजार रुपैयाँ छुट तथा निःशुल्क सीएफमोटो हेल्मेट उपलब्ध गराइएको छ।

नाइमा मोबिलिटी एक्स्पोमा सीएफमोटोका उत्पादनप्रति देखिएको ग्राहकको चासोले नेपाली बजारमा प्रिमियम तथा पर्फमेन्स मोटरसाइकलप्रतिको आकर्षण बढिरहेको संकेत गरेको छ। विशेषगरी २५० डुअल ईएफआई र ४५० एमटीमा भएको बुकिङले सीएफमोटोको मोटरसाइकलप्रति नेपाली ग्राहकको रुचिलाई थप बलियो बनाएको देखिन्छ।

एक्स्पोमा उपलब्ध विशेष छुट तथा अफरका कारण पनि ग्राहकलाई सीएफमोटोका मोडल खरिद गर्ने थप अवसर मिलेको कम्पनीको भनाइ छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...