परीक्षणको क्रममा देखियो एड्भेन्चर बाइक हिरो एक्सपल्स २१०, यी परिवर्तनको सम्भावना

हिरो एक्सपल्स २१० बाइकको परीक्षण सुरु भइसकेको छ । सो बाइक भारतमा लन्च हुनु अघि परीक्षणको क्रममा देखिएको थियो । हिरो एक्सपल्स २१० एड्भेन्चर बाइक प्रेमीहरुले लामो समयदेखि हिरो एक्सपल्सको नयाँ मोडलको प्रतिक्षा गरिरहेका थिए ।

परीक्षणको क्रममा देखिएको हिरो एक्सपल्स २१० बाइकमा करिज्मा एक्सएमआरबाट लिइएको २१० सीसी, लिक्विड-कुल्ड मोटर हुनेछ, जसले २५.१५ बीएचपीको पावर र २०.४ एनएमको पिक टर्क जेनेरेट गर्नेछ । साथै, नयाँ हिरो एक्सपल्स २१० मा ठुलो इन्धन ट्याङ्की देख्न सकिन्छ ।

एक्सपल्स २१० मा एलईडी हेडलाइट, एच आकारको एलईडी डीआरएल, एलईडी टेललाइट, इन्जिन कट-अफ सेन्सर, इन्जिन किल स्विच, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर देख्न सकिन्छ । साथै यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टर्न–बाई–टर्न नेभिगेसन, यूएसबी चार्जिङ पोर्ट, अगाडि र पछाडि डिस्क ब्रेक, उच्च सस्पेन्सन यात्रा र ग्राउन्ड क्लियरेन्सको साथ पूर्ण रूपमा समायोजन गर्न सकिने फ्रन्ट र रियर सस्पेन्सनमा देख्न सकिन्छ ।

सहरी क्षेत्रमा एक्सपल्स २०० चलाउन सजिलो भए तापनि हाईवेमा केही समस्याको सामना गर्नु पर्ने भएकाले एक्सपल्स २१० सीसी इन्जिनबाट सुधार हुने अनुमान गरिएको छ । यसको साथै सो बाइक प्यानियर बक्सले सुसज्जित हुनेछ । भारतमा हिरो एक्सपल्स २१० सन् २०२५ को सुरुमा लन्च हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाली बजारमा भित्रिने अन्तिम तयारीमा रहेको हिरो एक्सपल्स २०० फोरभी

यस्तो छ नेपाली बजारमा भित्रिने अन्तिम तयारीमा रहेको हिरो एक्सपल्स २०० फोरभी

हिरोको सर्बाधिक लोकप्रिय एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी नेपाल...

एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय बन्दै हिरो एक्सपल्स २००, बढ्यो १४१ प्रतिशतले बजार

एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय बन्दै हिरो एक्सपल्स २००, बढ्यो १४१ प्रतिशतले बजार

इन्ट्रि लेभलको एड्भेन्चर टुरिङ मोटरसाइकल हिरो एक्सपल्स अहिले यो...

के हिरोले ल्याउँदै छ भिभो इलेक्ट्रिक स्कुटर

के हिरोले ल्याउँदै छ भिभो इलेक्ट्रिक स्कुटर

हाल विभिन्न अटोमोबाइल कम्पनीहरु इलेक्ट्रिक सवारी साधन निर्माण अभियानमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...