नयाँ डिस्प्ले र आकर्षक रङसहित बजारमा आउँदै पल्सर एनएस १२५

काठमाडौं–बजाज अटोले आफ्नो लोकप्रिय इन्ट्री लेभल स्पोर्टी बाइक पल्सर एनएस १२५ को २०२६ मोडल लन्च गर्ने तयारी गरेको छ ।

हालै भारतका डिलरशीपमा देखिएको यो अपडेटेड मोडलमा कम्पनीले मुख्यगरी डिजिटल प्रविधि, नयाँ ग्राफिक्स र आकर्षक रङहरूमा फेरबदल गरेको छ ।

२०२६ पल्सर एनएस १२५ मा गरिएको सबैभन्दा ठूलो परिवर्तन यसको इन्स्ट्रुमेन्ट कन्सोलमा छ । यसमा नयाँ परिमार्जित एलसीडी डिस्प्ले जडान गरिएको छ, जुन हालै सार्वजनिक भएको नयाँ पल्सर १२५ र एन १६० एस मोडलहरूसँग मिल्दोजुल्दो छ ।

यसका साथै बाइकको लुकलाई अझ स्पोर्टी बनाउन नयाँ कालो र रातो कम्विनेसनसहित परिमार्जित बडी ग्राफिक्स दिइएको छ । यद्यपि, यसको मस्कुलर फ्युल ट्यांक र समग्र बाह्य बनावटलाई भने पहिलेकै जस्तै कायम राखिएको छ ।

प्रविधि र डिजाइनमा अपडेट गरिए पनि बाइकको मेकानिकल पार्टसमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा पहिलेकै १२४.४५ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १२ पीएस पावर र ११ एनएम टर्क जेनेरेट गर्दछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...