रसुवा बाढीका कारण अटोमोबाइल क्षेत्रमा परेको समस्याबारे नाडा र भन्सार विभागबीच छलफल

काठमाडाैं - हालै रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण अटोमोबाइल क्षेत्रमा पुगेको ठूलो क्षति र उत्पन्न समस्याका सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र भन्सार विभागबीच छलफल भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसँग भेट गरी पीडित व्यवसायीहरूका समस्या र राहतका विषयमा ध्यानाकर्षण गराएको हो।

छलफलका क्रममा नाडा अध्यक्ष उप्रेतीले गत भदौ १० गते रसुवा र टिमुरे क्षेत्रमा आएको बाढीका कारण दशैँलाई लक्षित गरी चीनबाट आयात गरिएका सयौँ सवारी साधनहरू बगेर क्षति पुगेको जानकारी गराए । उनले बाढीबाट प्रभावित पैठारीकर्ताहरूलाई सरकारको तर्फबाट उपलब्ध गराइने राहत तथा सहुलियतका कार्यक्रमहरू यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरे ।

यस्तै, नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार नखुल्दा ५ सयभन्दा बढी सवारी साधनहरू रोकिएको र ११ सिटे विद्युतीय माइक्रोबसहरूसमेत छुट्न नसकेको भन्दै सहजीकरणका लागि पहल गरिदिन अनुरोध गरे ।

जवाफमा भन्सार विभागका महानिर्देशक यमलाल भूषालले बाढीपीडित व्यवसायीहरूलाई प्रदान गरिने सुविधा र सहुलियतको मोडालिटीबारे अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच गृहकार्य भइरहेको जानकारी दिए । उक्त भेटघाटमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंघानियाका साथै सचिव मेघराज पौडेलको समेत उपस्थिति रहेको थियो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...