अल न्यु हुन्डाई भेन्यु अब भैरहवा, बुटवल र दाङमा

काठमाडौं - हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। यससँगै भैरहवा, बुटवल, दाङ तथा आसपासका ग्राहकहरूले हुन्डाईको नयाँ तथा आधुनिक कम्प्याक्ट एसयूभीलाई नजिकबाट अनुभव गर्न पाउने भएका छन्।

अल न्यु भेन्युमा आकर्षक तथा बोल्ड डिजाइनसँगै आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको संयोजन गरिएको कम्पनीले जनाएको छ। यसको फराकिलो र बलियो डिजाइनलाई ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निसले थप आकर्षक बनाएको छ।

गाडीको क्याबिनमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायतका आधुनिक सुविधाहरू उपलब्ध छन्। यी सुविधाले यात्राका क्रममा सुविधा र कनेक्टिभिटीलाई थप सहज बनाउने कम्पनीको दाबी छ।

पर्फर्मेन्सका लागि अल न्यु भेन्युमा कप्पा १.२ लिटर एमपीआई पेट्रोल र कप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। यसले दैनिक यात्राका लागि सहज पर्फर्मेन्सदेखि थप रेस्पोन्सिभ टर्बो पर्फमेन्स सम्मको विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ।

सुरक्षातर्फ पनि अल न्यु भेन्युमा विभिन्न सुविधा समावेश गरिएको छ। यसमा ६ वटा एयरब्याग, ईबीडीसहित एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्ट कन्ट्रोललगायतका सुरक्षा प्रविधि उपलब्ध छन्।

नेपाली बजारमा अल न्यु भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो एसयूभी मुख्यतः तीनवटा भेरियन्टमा उपलब्ध छ। जसमा एचएक्स २ मा १,१९७ सीसी पेट्रोल इन्जिन, एचएक्स ५ प्लसमा १,१९७ सीसी पेट्रोल इन्जिन तथा एचएक्स ५ डीसीटीमा ९९८ सीसी पेट्रोल इन्जिन रहेको छ।

विभिन्न भेरियन्ट तथा इन्जिन विकल्पका कारण ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार गाडी छनोट गर्न सक्ने कम्पनीले जनाएको छ। अल न्यु भेन्यु अब भैरहवा, बुटवल र दाङस्थित हुन्डाईका सोरुमहरूमा उपलब्ध भइसकेको छ। ग्राहकहरूले सोरुममा पुगेर गाडीको डिजाइन, आधुनिक प्रविधि, इन्टेरियर तथा कार्यसम्पादनबारे प्रत्यक्ष जानकारी लिन र अनुभव गर्न सक्नेछन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...