गाडी किन्न नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमै अटो लोन दिने

काठमाडौं– नेपाल बैंक लिमिटेडले नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै विशेष आकर्षणसहितको अटो लोन योजना सार्वजनिक गरेको छ ।

बैंकले न्यूनतम ४.९४ प्रतिशतको प्रारम्भिक ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकले सवारी साधनको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स (कर्जा) सुविधा प्राप्त गर्न सक्नेछन् ।

कर्जाको भुक्तानी अवधि ५ वा ७ वर्षसम्म तोकिएको छ । बैंकका अनुसार सरल प्रक्रिया र सुलभ ब्याजदरमा मुलुकभरका सम्पूर्ण शाखाहरूबाट यो अटो लोन उपलब्ध गराइनेछ ।

यसै योजनाअन्तर्गत नेपाल बैंक र न्यान्सी अटोमोबाइल्स प्रालिबीच विशेष सम्झौता समेत भएको छ । सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले काठमाडौँस्थित बालाजु तथा बौद्ध शाखाबाट सुजुकी ईभिटारा खरिद गर्दा कम्पनीले दिने नियमित अफरबाहेक थप ३० हजारदेखि १ लाख ७५ हजारसम्मको विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...