टोयोटाका ईभी र हाइब्रिड एसयूभीमा समस्या, १.७६ लाख गाडी फिर्ता
काठमाडौं–जापानी अटो निर्माता टोयोटाले चीनमा बिक्री भएका १ लाख ७६ हजार ७३७...
काठमाडौं–टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
यूटीएसले टोयोटा मोटर एसिया तथा टोयोटा त्सुशो एसिया प्यासिफिकसँगको समन्वयमा उक्त रकम कोषमा योगदान गरेको जनाएको छ ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनःस्थापनामा सहयोग पु-याउने उद्देश्यले उक्त योगदान गरिएको हो ।
कम्पनीका अनुसार यस पहलमार्फत नेपाल र नेपाली समुदायलाई आवश्यक परेको समयमा साथ दिने तथा थप सुरक्षित र उत्थानशील भविष्य निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यूटीएसले टोयोटा समूहको तर्फबाट गरिएको यस सहयोगलाई नेपालसँगको सहकार्य र सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा प्रस्तुत गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...