भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ सुरु, १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म

काठमाडौं - भृकुटीमण्डपमा यामाहाको ‘ब्लु फेस्ट’ सुरु भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म ‘द बिगेस्ट एक्सचेन्ज मेला’का रूपमा फेस्ट आयोजना गरेको हो ।

फेस्टमा ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङलाई केन्द्रमा राखिएको मेलामा पुराना दुईपांग्रे सवारीसाधनको मूल्यांकनका लागि ५० भन्दा बढी भ्यालुएटर परिचालन गरिएको छ ।

पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, पुरानो सवारीको अधिकतम मूल्यांकन गर्ने व्यवस्था गरिएको दाबी कम्पनीको छ ।

फेस्टमा नागरिकताका आधारमा तत्काल फाइनान्सिङको सुविधा पनि उपलब्ध छ । कम्पनीका अनुसार ग्राहकले १ प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा लिन सक्नेछन् भने ४० महिनासम्मको कम ईएमआई योजना पनि उपलब्ध हुनेछ ।

मेलामा यामाहाका विभिन्न मोडल अवलोकन तथा टेस्ट राइड गर्न सकिनेछ । कम्पनीले फेस्टमा २ लाख ८४ हजार ९ सयदेखि ७ लाख ४९ हजार ९ सय रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकल तथा स्कुटर उपलब्ध गराएको जनाएको छ ।

यसैगरी, यामाहाको ‘चंगा चेट’ अभियानअन्तर्गतका अफर पनि ब्लु फेस्टमा लागू हुनेछन् । ग्राहकले टेस्ट राइड, डोर प्राइज, लक्की ड्रलगायतका गतिविधिमा सहभागी भएर हाइटेक ग्याजेट तथा अन्य पुरस्कार जित्ने अवसर पाउनेछन् । निःशुल्क एसेसरिज, स्टन्ट शो तथा राइडर, क्रिएटर र सेलिब्रेटीसँग भेटघाटका कार्यक्रमसमेत राखिएको छ ।

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लु फेस्टलाई एक्सचेन्जसँगै ग्राहकलाई अपग्रेड र फाइनान्सिङको सुविधा दिने प्लेटफर्मका रूपमा प्रस्तुत गरिएको बताए । उनका अनुसार मेलामा पुराना सवारीको मूल्यांकन, टप–अप तथा फाइनान्सिङलाई सहज बनाइएको छ ।

फेस्टकै क्रममा यामाहाले नयाँ मोडल ‘एफजेड–एक्स’ को निलो संस्करणसमेत सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार असोज ७ गते साँझ ५ बजे विशेष कार्यक्रमबीच उक्त मोडल सार्वजनिक गरिनेछ ।

यामाहाका ब्रान्ड एम्बेसडर अभिनेता अनुपविक्रम शाहीले यामाहासँग आफ्नो सम्बन्ध विश्वास र निरन्तरतासँग जोडिएको बताए । आफू लामो समयदेखि यामाहा चलाउँदै आएको उल्लेख गर्दै दशैँलाई लक्षित ब्लु फेस्टले ग्राहकलाई नयाँ मोटरसाइकल खरिद तथा अपग्रेडको अवसर दिने पनि उनले बताए ।

त्यसैगरी यामाहा नेपालका आधिकारिक रेसर श्रीहरि पौडेलले आफूले सन् २०१९ देखि यामाहा प्रयोग गर्दै आएको बताए । उनका अनुसार रेसिङमा आफ्नो सुरुवाती रोजाइ यामाहाको आर१५ रहेको थियो । उनले रेसिङका क्रममा यामाहाका बाइक प्रयोग गर्दा निरन्तर राम्रो प्रदर्शन गर्न सकेको दाबी पनि गरे ।

६ दिनसम्म सञ्चालन हुने ब्लु फेस्टमा यामाहाका नयाँ तथा अपग्रेडेड मोडलको अनुभव लिन, पुरानो सवारी एक्सचेन्ज गर्न र फाइनान्सिङ सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...