नाडा अटो शो २०२६ मा बैंकहरुको आकर्षक अटो लोन, कुन बैंकको कति ?
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा विभिन्न...
काठमाडौँ - नेपालको सार्वजनिक यातायातलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी तथा अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ साझा यातायात (सहकारी संस्था लि.) ले आफ्नो सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल सुरु गरेको छ।
यसै अभियानअन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) साझा यातायातको डिजिटल टिकटिङ प्रणालीको ‘पेमेन्ट पार्टनर बैंक’ (Payment Partner Bank) का रूपमा आबद्ध भएको छ।
यस सहकार्यअनुसार साझा बसका यात्रुहरूलाई टिकट जारी गर्न बैंकका पीओएस (POS) मेसिनहरूको प्रयोग गरिनेछ। जसले गर्दा यात्रुहरूले कार्ड तथा विभिन्न डिजिटल माध्यमबाट सहज, सुरक्षित र पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।
साझा यातायातले आफ्नो डिजिटल रूपान्तरणअन्तर्गत आधुनिक कमाण्ड तथा कन्ट्रोल सेन्टरसहित अन्य प्रविधिमैत्री सेवाहरू समेत सञ्चालनमा ल्याएको जनाएको छ।
नगदरहित यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको यो सहकार्यले सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।
बैंकको डिजिटल पूर्वाधारमार्फत यात्रुहरूलाई थप सहज भुक्तानी अनुभव प्रदान हुनुका साथै सार्वजनिक यातायातमा पारदर्शिता र आधुनिक सेवा प्रवाहमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...