विश्वकै सबैभन्दा धेरै रेन्ज दिने ईभी ‘डेन्जा जेड९एस’ ४ दिनपछि लन्च हुँदै
काठमाडौँ–चिनियाँ अटो निर्माता बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाले आफ्नो...
इजरायली कम्पनी इलेक्ट्रोन वायरलेसले विद्युतीय सवारीसाधनलाई तार र प्लगबिनै चार्ज गर्न सकिने नयाँ वायरलेस चार्जिङ प्रणाली सार्वजनिक गरेको छ। जर्मनीको ह्यानोभरमा आयोजित आईएए ट्रान्सपोर्टेशन मेलामा कम्पनीले ‘लाइट डीओटी’ नामक यो प्रणाली प्रदर्शन गरेको हो।
कम्पनीका अनुसार लाइट डीओटी विशेषगरी निजी पार्किङ स्थल तथा साना विद्युतीय सवारीसाधन राखिने स्थलमा प्रयोग गर्नका लागि विकास गरिएको हो। यो प्रणाली राजमार्ग वा सार्वजनिक सडकमा विद्युतीय सवारी चार्ज गर्न प्रयोग गर्ने उद्देश्यले भने तयार पारिएको होइन।
लाइट डीओटी प्रणालीमा पार्किङ सतहमा राखिने चार्जिङ प्लेट र भित्तामा वा बाहिर पोलमा जडान गर्न सकिने नियन्त्रण उपकरण हुन्छ। यसले अधिकतम ११ किलोवाटसम्मको चार्जिङ शक्ति प्रदान गर्न सक्छ। प्रणाली जडान गर्न परम्परागत चार्जरजस्तो छुट्टै तार, प्लग वा ठूलो निर्माण कार्य आवश्यक नपर्ने कम्पनीको दाबी छ।
सवारीसाधन चार्जिङ प्लेटमाथि पार्क गरेपछि प्रणालीले सम्बन्धित गाडी पहिचान गर्छ र चार्जिङ प्रक्रिया स्वतः सुरु हुन्छ। प्रयोगकर्ताले चार्जिङ प्रक्रियालाई इलेक्ट्रोन फ्लो एपमार्फत व्यवस्थापन गर्न सक्नेछन्।
यो प्रणालीमा चुम्बकीय इन्डक्सन प्रविधि प्रयोग गरिएको छ। सवारीसाधनको तल्लो भागमा सम्बन्धित मोडलअनुसार जडान गरिएको रिसिभिङ कोइलमार्फत चार्जिङ प्लेटबाट विद्युत् ऊर्जा सवारीको ब्याट्रीमा स्थानान्तरण हुन्छ। यसका कारण चालकले गाडीबाट चार्जिङ केबल जोड्ने वा हटाउने झन्झट बेहोर्नुपर्दैन।
कम्पनीका अनुसार लाइट डीओटी माइनस ३० डिग्री सेल्सियसदेखि ५० डिग्री सेल्सियससम्मको तापक्रममा सञ्चालन गर्न सकिन्छ। वर्षा तथा हिमपातको अवस्थामा समेत प्रयोग गर्न मिल्ने गरी प्रणाली तयार गरिएको कम्पनीको भनाइ छ।
यद्यपि, इलेक्ट्रोनले लाइट डीओटीको मूल्य, व्यावसायिक रूपमा बजारमा उपलब्ध हुने मिति वा सुरुवाती चरणमा कुन–कुन बजारमा बिक्री गर्ने भन्नेबारे अहिलेसम्म जानकारी दिएको छैन। कम्पनीले प्रणालीको चार्जिङ कार्यक्षमता र वास्तविक प्रयोगसम्बन्धी विस्तृत तथ्यांकसमेत सार्वजनिक गरेको छैन।
इलेक्ट्रोनले यसअघि इजरायलको रोश हआइनस्थित बस स्टेसनमा यस्तै वायरलेस चार्जिङ प्रविधि प्रयोग गरिरहेको छ। कम्पनीका अनुसार त्यहाँ गरिएको परीक्षणमा प्रणालीले ८९.३ प्रतिशत ऊर्जा दक्षता हासिल गरेको थियो भने ९९ प्रतिशत समय प्रणाली सञ्चालनमा रहेको थियो।
वायरलेस चार्जिङ प्रविधिले विद्युतीय सवारीसाधन चार्ज गर्ने प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ। विशेषगरी घर, निजी पार्किङ तथा नियमित रूपमा एउटै स्थानमा पार्क गरिने सवारीसाधनका लागि यस्तो प्रविधि उपयोगी हुन सक्ने देखिन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...