सीएफमोटो २५० डुअल ईएफआईमा दसैं–तिहार विशेष योजना, २० हजार रुपैयाँ छुट
काठमाडौं – नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड...
पोखरा - एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नयाँ चांगान निभो क्यू०५ पोखरामा सार्वजनिक गरेको छ । त्यसपछि जसपछि ४ दिने टेस्ट ड्राइभ कार्यक्रम समेत आयोजना गरिएको छ। ग्राहकहरूले चाउथेस्थित दिपल पोखरा शोरुममा असोज ३ देखि ६ गतेसम्म विशेष टेस्ट ड्राइभमार्फत निभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
निभो क्यू०५ सार्वजनिक गर्नका लागि आयोजित भव्य कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजका अध्यक्ष प्रमुख अतिथि शोभा गौतम; नाडाका पूर्व अध्यक्ष ध्रुव थापा र वाडाका उपाध्यक्ष निरन केसी, विशेष अतिथिका रूपमा दिपलका एम्बेसडर प्रदीप खड्का; एमएडब्लू वृद्धि अटोकर्प प्रालिका निर्देशक पार्थ सिकरिया तथा एमएडब्लू वृद्धि अटोकर्प प्रालिका सीईओ ज्ञानेन्द्र बहादुर चन्दको उपस्थिति रहेको थियो ।
निभो क्यू०५ को अल्ट्रा भेरियन्ट ५१ लाख ९९ हजारको विशेष मूल्यमा प्रस्तुत गरिएको छ। चांगान निभो क्यू०५ कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो।
कम्फर्टमा ‘अ क्लास अबभ’
आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको क्यू ०५ ले कम्प्याक्ट बाहिरी आकारभित्र फराकिलो र व्यवहारिक क्याबिन प्रदान गर्छ। यसको आफ्नो वर्गमै अग्रणी २,७३५ मिमि लामो ह्विलबेस र ८६.६ प्रतिशत क्याबिन स्पेस उपयोगले यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ। पछाडिको सिटमा तीन जना वयस्कले सहज रूपमा यात्रा गर्न सक्ने व्यवस्था गरिएको छ।
पछाडिको सिटलाई २८ र ३३ डिग्री गरी दुई कोणमा रिक्लाइन गर्न सकिन्छ। सिटमा आरामदायी र प्रभावकारी सपोर्ट प्रदान गर्न नौ तहको एर्गोनोमिक संरचना प्रयोग गरिएको छ। क्यू ०५ मा ९० लिटरको लुकेको स्टोरेजसहित ५४० लिटर क्षमताको डुअल–लेभल बुट पनि उपलब्ध छ।
क्याबिनभर २९ वटासम्म व्यवहारिक स्टोरेज स्पेस राखिएका छन्। साथै, ६७ भन्दा बढी ध्वनि इन्सुलेसन तथा आवाज न्यूनीकरण बिन्दुले क्याबिनलाई शान्त बनाउन सहयोग गर्छन्। छनोट गरिएको भेरियन्टमा पावर सनसेडसहितको १.८ वर्गमिटर प्यानोरामिक ग्लास रुफसमेत उपलब्ध छ।
डिजाइनमा ‘अ क्लास अबभ’
क्यू ०५ लाई चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुपका पूर्व डिजाइन प्रमुख क्लाउस जेसियोराको नेतृत्वमा विकास गरिएको हो। यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विज्ञले योगदान दिएका छन्।
फुगुआङ डिजाइन दर्शनबाट प्रेरित क्यू ०५ मा सन्तुलित बडी अनुपात, आत्मविश्वासी सडक उपस्थिति र ०.२६५ सीडी ड्र्याग कोएफिसियन्ट भएको एरोडाइनामिक प्रोफाइल छ। सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड विजेता क्यू ०५ मा डिजिटल विङ २.० फुल–विथ लाइटिङ सिग्नेचर, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट र प्रिमियम सेमी–हिडन डोर ह्यान्डल उपलब्ध छन्।
प्रविधिमा ‘अ क्लास अबभ’
क्यू ०५ मा चांगानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत क्याटल ब्याट्री सेल प्रयोग गरिएको छ। यसको ३सी फास्ट चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ।
यसमा जडान गरिएको १२० किलोवाटको इलेक्ट्रिक मोटरले गाडीलाई ८.१ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुर्याउन सक्छ। क्यू ०५ ले डब्लूएलटीपी परीक्षणअनुसार ४०५ किलोमिटरको दाबी गरिएको रेन्ज प्रदान गर्छ। यसको ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट–घण्टा उल्लेख गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...