अमेरिकामै उत्पादन भएमात्र चिनियाँ ईभीका लागि ट्रम्प खुला
काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ अटो निर्माताहरूले...
काठमाडौं–जिलीको पहिलो शक्तिशाली अफरोड एसयूभी ग्यालेक्सि क्रुजर ७०० ले बिक्री खुला भएको एक घण्टाभित्रै चीनमा ४३ हजार ९०० युनिटभन्दा बढी अर्डर पाएको छ ।
प्रि–सेल सुरु भएको पहिलो ९ मिनेटभित्रै १० हजार अर्डर पाएको यस गाडीको विशेष सीमित संस्करण ल्यान्डआर्कका निर्धारित ७०० युनिटहरू भने बिक्री सुरु भएको केही मिनेटमै पुरै बिकिसकेका छन् । कम्पनीले यसको सुरुवाती मूल्य २९ हजार ४०० देखी ५७ हजार ३०० डलरसम्म निर्धारण गरेको छ ।
ओरिएन्टल लायन डिजाइन ल्यांग्वेजमा तयार पारिएको यो एसयूभी ५,०८५ एमएम लामो र २,९०० एमएम ह्विलबेससहितको मजबुत बनावटमा आएको छ । कडा अफ–रोडिङ परिस्थितिका लागि यसमा २३३ एमएमको ग्राउन्ड क्लियरेन्स र ८०० एमएमसम्मको पानीमा गुड्न सक्ने क्षमता दिइएको छ ।
यसमा रहेको थोर ईएम–टी एआई इलेक्ट्रिक हाइब्रिड प्रणालीले १.५ टि वा २.० टि इन्जिनसँगै तीनवटा मोटरको सहयोगमा अधिकतम १,११३ हर्सपावर र १३,९२० एनएम टर्क उत्पन्न गर्छ, जसले गाडीलाई मात्र ३.९५ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति पकड्न सक्षम बनाउँछ ।
गाडीमा ४७.१४ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले ३०५ किमी इलेक्ट्रिक रेन्ज र हाइब्रिड मोडमा कुल १,२०० किमीभन्दा बढीको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । ८०० भोल्टको फास्ट चार्जिङ प्रविधियुक्त यो गाडीको भित्री भागमा ५ वटा इन्टरएक्टिभ स्क्रिन, रेफ्रिजरेटर र मसाज सिट समावेश गरिएको छ ।
साथै, अफरोडिङलाई सहज बनाउन १७ वटा ड्राइभिङ मोडहरू र पानीमा परेको खण्डमा ४० मिनेटसम्म तैरिन सक्ने आपत्कालीन फ्लोटिङ सुविधासमेत उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...