हुन्डाई नेपालले दियो चाडपर्वको झल्को, ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ को घोषणा

काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

यस अफरअन्तर्गत ग्राहकहरूले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत ५ लाखसम्मको नगद छुट जित्ने अवसर समेत पाउनेछन्। यसका साथै, हुन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षको निःशुल्क सडक दस्तुर पनि उपलब्ध गराएको छ।

हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई थप मूल्य, सुविधा र सहजतासहितको हुन्डाई स्वामित्व अनुभव प्रदान गर्दछ।

यस दशैं–तिहार तथा छठको अवसरमा, हुन्डाई नेपालले सबै ग्राहकहरूलाई नजिकैको हुन्डाई शोरुममा पुगेर ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ का आकर्षक अफर तथा सुविधाहरूको लाभ उठाउन हार्दिक निमन्त्रणा समेत गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...