विश्वकर्मा पूजाको दिन नेपालभर १५० टाटा गाडीको डेलिभरी
काठमाडौं – टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
अमेरिकी अटोमोबाइल सुरक्षा निकायले टेस्लाको ‘फूल सेल्फ ड्राइभिङ’ प्रणालीको प्रयोगबारे पुनः कडाइका साथ छानबिन गर्नुपर्ने माग उठाएको छ ।
गाडी चलाइरहेका बेला चालकहरू निदाएका दर्जनौँ भिडियोहरू सार्वजनिक भएपछि अमेरिकी कंग्रेसका सांसदहरूले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै संघीय नियामक निकायलाई तत्काल कदम चाल्न आग्रह गरेका हुन् ।
हालै एनबीसी न्युजले गरेको एक अनुसन्धान अनुसार टेस्लाको एफएसडी वा अटोपाइलट प्रविधि अन गरेर गाडी गुडाउँदै गर्दा चालकहरू सुतेका वा पूर्ण रूपमा ध्यान नदिएका कम्तीमा ४३ वटा भिडियोहरू बाहिरिएका छन् ।
यसका साथै क्यालिफोर्नियामा यस्तै लापरबाहीपूर्वक गाडी चलाएको अभियोगमा १३ जना चालकहरूमाथि कारबाही समेत भइसकेको छ ।
टेस्लाले आफ्ना ग्राहकहरूलाई दिएको निर्देशिकामा लेभल–२ को अटाेनाेमस प्रविधि प्रयोग गर्दा पनि चालक सधैँ सतर्क हुनुपर्ने र स्टेयरिङ ह्विलमा ध्यान राख्नुपर्ने स्पष्ट उल्लेख गरेको छ ।
कम्पनीले चालकको ध्यान ट्रयाक गर्न क्यामेरा र स्टेयरिङ सेन्सर जस्ता सुरक्षा प्रणालीहरू पनि जडान गरेको छ । तर, धेरैजसो चालकहरूले क्यामेराको अगाडि कालो चश्मा लगाएर ती सुरक्षा प्रणालीहरूलाई छक्याउने उपायहरू अपनाउने गरेको पाइएको छ ।
चालकहरूले प्रविधिको दुरुपयोग गरिरहँदा टेस्लाका सुरक्षा संयन्त्रहरू पर्याप्त छन् कि छैनन् भन्ने विषयमा एनएचटीएसएले आफ्ना निष्कर्षहरू सार्वजनिक गर्नुपर्ने सांसदहरूको भनाई छ ।
नियामक निकायले यसअघि नै ३२ लाख टेस्ला गाडीहरूमा जडित एफएसडी प्रणालीको सुरक्षा जाँच गरिरहेको सन्दर्भमा यो नयाँ खुलासाले कम्पनीमाथि थप कानुनी र नैतिक दबाब बढाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...