नाइमा मोबिलिटी एक्सपोमा एथरका ५०० भन्दा बढी स्कुटर बुकिङ
काठमाडौं–काठमाडौँमा सम्पन्न छ दिने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा वैद्य...
काठमाडौं–एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बैद्य इनर्जीले धरानमा आफ्नो नयाँ शोरुम(एक्सपेरियन्स सेन्टर) सञ्चालनमा ल्याएको छ । यो कम्पनीको १३ औँ शोरुम हो ।
पूर्वी नेपालका ग्राहकलाई लक्षित गर्दै खोलिएको यस केन्द्रमा एथरका लोकप्रिय ४५० सिरिज, नयाँ जेनेरेशनको ४५० एक्स ओभरटन सिरिज तथा पारिवारिक स्कुटर रिज्टालाई अवलोकन तथा टेष्ट राइड गर्न पाइनेछ ।
उद्घाटनको अवसरमा कम्पनीले २३ भदौ २०८३ सम्म लागू हुने विशेष स्किम सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले एक्सटेन्डेड ब्याट्री वारेन्टि, ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदर तथा ८ हजार रुपैयाँ सम्मको अतिरिक्त मुल्यांकन लगायत सुबिधा पाउनेछन् ।
बैद्य इनर्जीले एथरका स्कुटर खरिदमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्म ७० प्रतिशत ब्याट्री हेल्थको ग्यारेन्टी दिएको छ । साथै, कम्पनीले नेपालभर १० भन्दा बढी आधिकाकिर सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ पूर्बाधार निर्माण गरिसकेको छ ।
यी पूर्बाधारबाट स्कुटरलाई करिब ४५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...