सकियो नाडा अटो शो २०२६, यी हुन् उत्कृष्ट स्टल

काठमाडौं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको नाडा अटो शो २०२६ आज समापन भएको छ । गत भदौ ९ देखि प्रारम्भ भएको अटो शो आज सकिएको हो ।

समापनको अवसरमा सबै सहभागी कम्पनीहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै बेस्ट स्टल समेत घोषणा गरिएको छ । यस अनुसार चारपांग्रे सवारीमा बीवाईडी, दुईपांग्रेमा यामाहा, लाइट कमर्सियल भेइकलमा दीगो, कम्पोनेन्टमा मिशलिन टायर र बैंक तथा वित्तीय संस्थामा माछापुच्छ्रे बैंकका स्टल उत्कृष्ट घोषित भएका छन् ।

प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पाट्र्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको थियो ।

त्यस्तै अवलोकन गर्न चाहने अवलोकनकर्ताले पहिले सवारीसाधन, त्यसपछि वित्त, बीमा, सर्भिस र पाट्र्ससम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकन गर्न सक्ने व्यवस्था गरिएको थियो, जसले .गाडी किन्नेहरुले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्ने व्यवस्था थियो ।

लगभग तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना गरिएको सो प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहेका थिए, जसमा २३ वटा ब्रान्डका प्यासेन्जर कार भेइकल (पीसीभी), १७ वटा ब्रान्डका लाइट कमर्सियल भेइकल (एलसीभी), १३ वटा ब्रान्डका दुईपांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिएका थिए र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका थिए ।

यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको थियो । दर्शकले टिकेटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्ने व्यवस्था थियो । मोबिलिटी पार्टनर याङ्गो, फायर सेफ्टी पार्टनर हिट्को लगायत विभिन्न प्रायोजक रहेका थिए ।

नाडा अटो शोकै बिचमा भोटेकोशी र त्रिशूलीमा आएको बाढीका कारण देश नै शोकमा डुबेको कारण यसको असर अटो शोमा समेत परेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...