स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने

काठमाडौं - स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा जारी गरेको ‘नाडा अफर’ आज सकिँदैछ । कम्पनीले स्काईवेलका बीई११ मोडलका ईभीमा नाडा अफर अन्तर्गत ५ लाखसम्म छुट दिएको छ । यो अफर अटो शोको अन्तिम दिन अर्थात् आज आइतबारसम्म बुकिङ गर्नेले प्राप्त गर्नेछन् ।

नाडा अटो शो अवधिभरीका लागि कम्पनीले ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकेको छ ।

अटो शो सकिएपछि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।

जारी अटो शोमा स्काईवेलको मूल्यले धेरैको ध्यान खिचेको छ । लक्जरी ईभी एसयूभी निकै कम मूल्यमा सार्वजनिक भएको भन्दै यसको बुकिङ पनि उल्लेख्य मात्रामा आएको छ । कुल बुकिङ कति भयो भन्ने बारे कम्पनीले आइतबार साँझ सम्ममा जानकारी गराउनेछ ।

साथै, अब केही दिनमै कम्पनीले टेस्ट ड्राइभ सुरु गराउँदैछ । अटो शो सकिएपछि एलआरआर मोटर्सले गाडीको टेस्ट ड्राइभ सुरु गरिने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...