नेपाली ईभी बजारमा प्राइस वार : नाडा अटो शोमा ३० लाखदेखि ४० लाखको सेग्मेन्टमा तीव्र प्रतिस्पर्धा
काठमाडौँ । नेपाली विद्युतीय सवारी (ईभी) बजार यतिबेला निकै रोचक र...
काठमाडौं–भृकुटीमण्डपमा जारी नाडा अटो शो मा ‘एक्सट्रिम नेपाल बाइक डे’ को स्टल दर्शकहरूको विशेष रोजाइमा परेको छ ।
आगामी नोभेम्बर ७ मा ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने ‘नेपाल बाइक डे’ को पूर्व–प्रवद्र्धनका लागि एक्सट्रिम र कोल्याब इन्टरटेनमेन्टको संयुक्त सहकार्यमा यो स्टल तयार गरिएको हो ।
हाल अटो शोमा आयोजकका ७ वटा व्यक्तिगत सुपरबाइकहरू प्रदर्शनीमा राखिएका भए पनि दर्शकहरूको उल्लेख्य भिड र ठूलो उत्साह देखिएको छ ।

नाडा अटो शोको यसै स्टलमार्फत एक्सट्रिमले आगामी नोभेम्बर ७ मा हुने मूल इभेन्टको लागि एउटा उत्कृष्ट माहोल तयार पार्ने काम गरिरहेको छ, जहाँ करिब १२० वटा सुपरबाइकहरूको बृहत् प्रदर्शन गरिने योजना छ ।
यस स्टलको अर्को मुख्य उद्देश्य बाइकिङ कम्युनिटीको विकास गर्नुका साथै सडक सुरक्षाबारे जनचेतना फैलाउनु पनि रहेको छ ।
एक्सट्रिमको यस स्टलमार्फत ‘राइड सेफ, डन्ट ड्रिङ्क एन्ड ड्राइभ’ जस्ता महत्त्वपूर्ण ट्राफिक सन्देशहरू प्रवाह गरी सम्पूर्ण सवारी चालकहरूलाई जिम्मेवार बन्न प्रेरित गरिँदैछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...