होन्डाको पहिलो इलेक्ट्रिक एसयूभीको नाम होन्डा अल्फा, भारतमा उत्पादन हुने
होन्डाले आफ्नो पहिलो मिड साइज इलेक्ट्रिक एसयूभीको नाम सार्वजनिक गरेको छ।...
काठमाडौँ–जेरो एमिसन राइड एनले देशमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूका लागि विशेष सहयोगको घोषणा गरेको छ ।
कम्पनीले यस बिपतको घडिमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) लाई ध्यानमा राख्दै "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" लाई हस्तान्तरण गर्नेगरि कम्पनीको तर्फबाट एक लाख रुपैयाँको सहायता कोष खडा गर्ने र बिजया दशमी सम्मको सोरुम सेल्स भएको स्कुटरको प्रत्येक बिक्रीबापत रु २ हजार रुपैयाँ सोही उद्धार कोषमा जम्मा गरि एकमुस्ट रकम "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" मा जम्मा गरिदिने निर्णय गरेको हो।
यस अभियान अन्तर्गत कम्पनीमार्फत बिक्री हुने लुयान, इकुटर, सारथी र विंगर ब्रान्डका स्कुटरहरू समावेश गरिएका छन् । ग्राहकहरूले यीमध्ये कुनै पनि ब्रान्डका नयाँ स्कुटर खरिद गर्दा उक्त २ हजार रुपैयाँ सहित टोटल रकम कम्पनीले उद्दार कोषमा जम्मा गरिनेछ। सो को हिसाब पनि प्रकाशन गरिने छ।
साथै, कम्पनीले पारदर्शिता कायम राख्न र ग्राहकहरूको योगदानको सम्मान गर्नका लागि स्कुटर खरिदकर्ताको नाम तथा फोटो आधिकारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ ।
देश कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा आफ्नो यो सानो प्रयासले बाढीपीडितहरूको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा जिरो एमिसन राइड एनले लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...