५ लाख ४० हजारमै आयो यामाहा एक्सएसआर १५५, अटो शोमा अवलोकन गर्न पाइने

काठमाडौं–यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले नयाँ रेट्रो–स्टाइल मोटरसाइकल ‘एक्सएसआर १५५’ लन्च गरेको छ । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ को अवसर पारेर कम्पनीले यस नयाँ मोटरसाइकल लन्च गरेको हो ।

यामाहा आर१५ र एमटी१५ कै इन्जिन प्लेटफर्ममा बनेको यस मोटरसाइकलमा दिइएको १५५ सीसी भीभीए इन्जिनले १८.४ पीएस पावर र १४.२ एनएम टर्क जेनेरेट गर्दछ । यस बाइकमा यामाहाले ६–स्पीड गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच समेत उपलब्ध गराएको छ ।

रेड, ब्ल्याक र ग्रे गरी तीन रङमा उपलब्ध गराएको यस मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ३९ हजार ९००, ५ लाख ४४ हजार ९०० र ५ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । दैनिक प्रयोग र रेट्रो डिजाइन मन पराउने ग्राहकलाई लक्षित गरी ल्याइएको यस बाइकमा डेल्टा बक्स फ्रेम, गोलाकार एलइडी हेडलाइट, टियरड्रप फ्युल ट्याङ्क, १३७ केजी तौल र १२० मिमीको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

अगाडी यूएसडी फोर्क र पछाडी मोनोसक सस्पेन्सन जाडान गरिएको यस बाइकमा डबल डिस्क ब्रेक र डबल च्यानल एबीएस जडान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...