नाडा अटो शो २०२६ः यामाहा एरोक्स १५५ एस, फेसिनो हाइब्रिड र आर १५ सिरिज सार्वजनिक

काठमाडौँ — यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले नाडा अटो शो २०२६ मा आफ्ना नयाँ स्कुटर तथा मोटरसाइकलहरू सार्वजनिक गरेको छ ।

कम्पनीले विभिन्न राइडरहरूको रुची अनुसार नयाँ भेरियन्टहरू बजारमा ल्याएको हो । सार्वजनिक गरिएका मोडलहरूमा १५५ सीसी इन्जिन र चाबी विना नै इन्जिन स्टार्ट गर्न सकिने कि–लेस प्रविधियुक्त यामाहा एरोक्स १५५ एस प्रमुख आकर्षणको रूपमा रहेको छ ।

त्यस्तै, कम्युटर र स्टाइल पारखीहरूका लागि इन्धन बचत र आकर्षक डिजाइनसहितका नयाँ फेसिनो एस हाइब्रिड तथा फेसिनो डिस्क हाइब्रिड भेरियन्टहरू लन्च गरिएका छन् ।

यसैगरी, पर्फर्मेन्स र स्पोर्टी मोटरसाइकल प्रेमीहरूका लागि ’नयाँ आर इन्स्टिंक्ट’ अवधारणामा आधारित परिमार्जित आर १५ एस र आर १५ एम सार्वजनिक गरिएका छन् ।

अटो शो अवधिभर आगन्तुकहरूले यामाहाको ब्लू च्याम्बर स्टलमा पुगेर यी नयाँ मोडलहरू प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...