सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६, उपराष्ट्रपति यादवले गरे उद्घाटन
काठमाडौं – स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...
काठमाडौँ - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष उपेन्द्र उप्रेतीले सवारी साधनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका छन्।
१८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष उप्रेतीले सवारी साधन अब विलासिताको वस्तु मात्र नभएर नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको बताएका हुन्।
उनले भने , "सवारी साधनलाई अझै पनि विलासिताको वस्तुका रूपमा मात्र हेरिने दृष्टिकोणमा पुनरावलोकन गरिनुपर्छ। आज यो क्षेत्र १० लाखभन्दा बढीको रोजगारी र वार्षिक ९० अर्बभन्दा बढी राजस्वको स्रोत मात्र होइन, आर्थिक गतिविधिलाई चलायमान बनाउने मुख्य कडी पनि हो।"
अध्यक्ष उप्रेतीले काठमाडौँमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्न नसकिएको गुनासो गरे। भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस र हेभी इक्विपमेन्टहरू प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।आर्थिक वर्ष २०८२/८३ को बजेटमा भृकुटीमण्डपको स्तरोन्नतिको योजना तत्काल कार्यान्वयन गर्न आबश्यक रहेको बताए।
नीतिगत स्थिरताको खाँचो
व्यवसायमा दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अपरिहार्य रहेको उप्रेतीको भनाइ थियो। "करका दर र नीतिहरूमा पटक-पटक हुने परिवर्तनले व्यवसायीलाई योजना बनाउन कठिन हुन्छ," उनले भने , "सरकारले कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्छ, जसले लगानीमैत्री वातावरण सिर्जना गर्नेछ।"
विद्युतीय सवारी र स्वदेशी उत्पादनमा जोड
नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले नयाँ अवसर ल्याएको बताउँदै उप्रेतीले अब एसेम्बल उद्योगसँगै कम्पोनेन्ट (पार्टपूर्जा) उत्पादनमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे । नेपालमै उत्पादित सवारी साधनको स्थायित्व र प्रवर्द्धनका लागि सरकारबाट थप सहुलियत र प्रोत्साहन आवश्यक रहेको उनको तर्क थियो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...