चार जीवनशैली र एउटै गाडी, सार्वजनिक भयो प्रोटोन ई.मास ५ को नयाँ टीभीसी
काठमाडौँ—प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
काठमाडौं–जनकपुरमा प्रोटोनको नयाँ सोरुम सञ्चालनमा आएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरधाममा आफ्नो १०औँ आधिकारिक सोरुमको शुभारम्भ गर्दै ‘द अल–न्यू प्रोटोन ई.मास ५’ सार्वजनिक गरेको हो ।
सहरी जीवनशैलीलाई ध्यानमा राखेर तयार पारिएको यस सवारीमा आधुनिक प्रविधि र इन्टेलिजेन्ट डिजाइनको संयोजन रहेको छ । मलेसियामा विभिन्न अवार्ड जित्न सफल यो मोडलमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन् ।
यसबाहेक ७० लिटरको फ्रन्ट फ्रंक, ३७५ लिटरसम्म विस्तार गर्न सकिने लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यात्रालाई थप सहज बनाउने दाबी गरिएको छ ।
कम्पनीले यस ईभीको प्राइम भेरियन्टको सुरुवाती मूल्य ३२.९९ लाख रुपैयाँ र प्रिमियम भेरियन्टको सुरुवाती मूल्य ३६.९९ लाख रुपैयाँ तोकेको छ ।
जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीका अनुसार भक्तपुरबाट सुरु भएको यस गाडीको क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी र जनकपुर हुँदै वीरगञ्ज पुगेर सम्पन्न हुनेछ ।
हाल नेपालभर रहेका ११ वटा सोरुममार्फत उपलब्ध गराइएको यो गाडी अब जनकपुरस्थित नयाँ सोरुममा पुगेर ग्राहकहरूले प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...