नाडा अटो शोमा ‘मेक इन नेपाल’ पहिलो प्राथमिकता

काठमाडौँ–नेपाली अटोमोबाइल क्षेत्रमा लामो इतिहास बोकेको १८ औँ संस्करणको नाडा अटो शो २०२६ तयारी पूरा भएको छ । आगामी भदौ ९ देखि १४ गतेसम्म भृकुटीमिण्डपमा आयोजना हुन एउटा व्यापारिक मेला मात्र हुने छैन ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सवको रुपमा समेत नाडाले दिएको छ । आगामी नाडा अटो शोको प्रदर्शनीले नेपाली सडकमा गुड्ने गाडीहरूको भविष्य र देशको अर्थतन्त्रमा यस क्षेत्रको बदलिँदो भूमिकालाई समेत प्रस्ट्याउने देखिएको छ ।

नाडा अटो शोको सबैभन्दा बलियो र नयाँ पक्ष भनेको ‘मेक इन नेपाल’अभियानलाई दिइएको उच्च प्राथमिकता दिएको छ । नेपाली इन्जिनियरले स्वदेशमै विकास गरेको यात्री स्कुटर देखी स्वदेशी ब्रान्डका ब्याट्री, लुब्रिकेन्ट्स र विभिन्न कम्पोनेन्ट्स मेलामा अवलोकन गर्न पाइनेछ ।दशकौँसम्म विदेशी ब्रान्डका तयारी गाडीहरूको सोरुमका रूपमा चिनिएको नेपाली बजार अब विस्तारै एसेम्बलिङ र स्थानीय उत्पादनतर्फ मोडिएको सन्देश यस मेलाले दिनेछ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटकको प्रदर्शनीमा नेपालमै एसेम्बल भएका दुईपांग्रे र चारपांग्रे सवारी साधनहरूले प्रमुख स्थान पाउनेछन् । पछिल्लो समय सरकारले लिएको स्थानीय उत्पादन प्रोत्साहन नीतिका कारण नेपालमा आधा दर्जनभन्दा बढी एसेम्बलिङ प्लान्टहरू सञ्चालनमा आइसकेका छन् ।

ती प्लान्टबाट उत्पादित सवारीको गुणस्तर र विश्वसनीयतामा जनमानसको विश्वास जगाउनु यो मेलाको मुख्य उद्देश्य रहनेछ । स्थानीय उत्पादनले रोजगारी सिर्जना मात्र नभई ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिनबाट जोगाउने हुँदा यसलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गरिने तयारी छ ।

४६ ब्रान्ड र सयौँ स्टल
प्रदर्शनीमा कुल ४६ वटा सवारी ब्रान्डले सहभागिता जनाउँदै छन् । जसमा १९ वटा चारपांग्रे, १० वटा दुईपांग्रे र १७ वटा लाइट कमर्सियल भेहिकल ब्रान्डहरू रहनेछन् । गाडी मात्र होइन, गाडीका पार्टपुर्जा, टायर, लुब्रिकेन्ट र ब्याट्रीका लागि ७५ भन्दा बढी साना स्टलहरू राखिएका छन् । यसले अटोमोबाइल क्षेत्रसँग जोडिएका साना–ठूला सबै व्यवसायलाई एउटै छानामुनि ल्याउनेछ ।

एकै थलोमा वित्तीय र प्राविधिक समाधान
गाडी किन्न चाहनेका लागि यो मेला ‘वान स्टप सोलुसन’ बन्ने निश्चित छ । वाणिज्य बैंक र वित्तीय संस्थाहरूले प्रतिस्पर्धी ब्याजदर र तत्काल कर्जा स्वीकृतिको सुविधासहित आफ्ना स्टलहरू राख्नेछन् । गाडीको छनोटसँगै बिमा र वित्तीय व्यवस्थापनको झन्झट पनि एउटै थलोमा समाधान हुनेछ । नाडा अटो शोले बजारमा नयाँ उत्साह भर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...