नेपाल बैंकले ५ प्रतिशत ब्याजदरमै गाडी कर्जा दिने

काठमाडौं - नेपाली बैंकिङ क्षेत्रमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएसँगै बैंकहरूबीच सस्तो ब्याजदरमा सवारी कर्जा (अटो लोन) प्रवाह गर्ने तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।

विशेषगरी नजिकिँदै गरेको चाडपर्व र भदौ ९ गतेदेखि सुरु हुन लागेको ‘नाडा अटो शो’ लाई लक्षित गर्दै बैंकहरूले आकर्षक ब्याजदरका योजनाहरू सार्वजनिक गरिरहेका छन् ।

यसै क्रममा सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले सबैभन्दा सस्तो ब्याजदरमा अटो लोन योजना ल्याएको छ । बैंकले मात्र ५ प्रतिशत सुरुवाती ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

यसअघि ग्लोबल आइएमई बैंकले ५.२५ प्रतिशत ब्याजदरको योजना सार्वजनिक गरेको थियो, जसलाई उछिन्दै नेपाल बैंकले थप सस्तो दर अघि सारेको हो ।

नेपाल बैंकका अनुसार यो योजना अन्तर्गत ग्राहकले सवारी साधन खरिदका लागि ६० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकको आवश्यकता र सुविधा अनुसार यस्तो कर्जाको अवधि ५ देखि ७ वर्षसम्म रहने बैंकले जनाएको छ ।

बैंकले परिवर्तनशील ब्याजदरका साथै ग्राहकको इच्छाअनुसार फिक्स्ड ब्याजदरमा पनि कर्जा उपलब्ध गराउने छ । देशभरका सम्पूर्ण शाखाहरूबाट यो सुविधा लिन सकिने र आवश्यक कागजी प्रक्रिया पूरा हुनासाथ छिटोछरितो रूपमा कर्जा स्वीकृत गरिने बैंकको दाबी छ ।

व्यक्तिगत ऋणीका लागि ऋणी र जमानी बस्ने व्यक्तिको फोटो, नागरिकता वा राहदानीको प्रतिलिपि, नाता प्रमाणित पत्र, विवाह दर्ता प्रमाणपत्र, आम्दानीको स्रोत खुल्ने कागजात र प्यान कार्ड पेश गर्नु पर्नेछ ।

संस्थागत ऋणीका लागि संस्था दर्ताको प्रमाणपत्र, प्यान÷भ्याट प्रमाणपत्र, प्रबन्धपत्र तथा नियमावली र पछिल्लो कर चुक्ता प्रमाणपत्र आवश्यक पर्नेछ ।

नाइमा मोबिलिटी एक्स्पो भर्खरै सकिएको र आगामी सातादेखि नाडा अटो शो सुरु हुन लागेकाले यो समय सवारी साधन खरिदकर्ताका लागि निकै उपयुक्त मानिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...