‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ आगामी साता नेपालमा सार्वजनिक हुँदै
काठमाडौं – एमएडब्लू वृद्धि अटोकर्पले अल-न्यु दिपल निभो क्यू ०५ आगामी साता...
काठमाडौं–चीनको प्रमुख सवारी साधन निर्माता एफएडब्लु ग्रुपको प्रख्यात ब्राण्ड हङछीले बीवाईडीको दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ र अत्याधुनिक फ्ल्यास चार्जिङ प्रविधि अपनाउने भएको छ ।
एफएडब्लु र बीवाईडीको संयुक्त परियोजना एफएडब्लु–फिनड्रिम्सको ब्याट्री उत्पादन आयोजना सफलताका साथ सामूहिक उत्पादनको चरणमा प्रवेश गरेसँगै यो ऐतिहासिक सहकार्य अगाडि बढेको हो ।
यसअघि बीवाईडीले आफ्ना गाडीहरूमा मात्र सीमित राखेको यो प्रविधि पहिलो पटक कुनै बाह्य कम्पनीलाई उपलब्ध गराउन लागिएको छ । एफएडब्लु–फिनड्रिम्सका अनुसार हङछीको नयाँ पुस्ताको शुद्ध विद्युतीय प्लाटफर्ममा यो नयाँ प्रविधि समावेश गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ ।
कूल १८० अर्ब युआनको विशाल लगानीमा निर्माण भइरहेको यो ब्याट्री आयोजनाका सबै चरणहरू सम्पन्न भएपछि वार्षिक रूपमा करिब ६ लाख विद्युतीय गाडीहरूलाई पुग्ने ब्याट्री उत्पादन हुनेछ ।
हङछीका विद्युतीय कार हाल नेपाली बजारमा समेत उपलब्ध छ । नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यस ब्रान्डका ईभीलाई हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपोमा लन्च गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...