‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ आगामी साता नेपालमा सार्वजनिक हुँदै
काठमाडौं – एमएडब्लू वृद्धि अटोकर्पले अल-न्यु दिपल निभो क्यू ०५ आगामी साता...
काठमाडौं–नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा बढिरहेका बेला मुस्ताङस्थित नेपाल–चीन उत्तरी सीमा नाका कोरला यसको आयातका लागि एक नयाँ र रणनीतिक विकल्पका रूपमा उदाएको छ । परम्परागत नाकाहरूमा हुने चाप र भौगोलिक चुनौतीहरूका बीच कोरला नाका प्रयोग गरी चीनबाट सीधै गाडीहरू भित्र्याउन सहज भएपछि व्यवसायीहरू यसतर्फ आकर्षित बनेका छन् ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै कोरला नाका हुँदै १०० वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार हाल यस नाकाबाट दैनिक औसत १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको छ, जसले नाकाको बढ्दो व्यावसायिक सक्रियतालाई दर्शाउँछ ।
सवारी साधन तथा अन्य व्यापारिक सामग्रीको नियमित आयातबाट राज्यकोषमा समेत उल्लेख्य योगदान पुग्न थालेको छ । साउन महिनाको यसै अवधिमा भन्सार कार्यालयले २९ करोड राजस्व संकलन गरेको जनाइएको छ ।
कोरला नाकालाई विद्युतीय गाडी आयातको नयाँ र भरपर्दो मार्गका रूपमा विकास गर्ने क्रम गत आर्थिक वर्षदेखि नै सुरु भएको हो । गत आवमा मात्रै यही बाटो भएर ३ हजारभन्दा बढि ईभी भित्रिएका थिए, जसबाट ६ अर्ब ९२ करोड राजस्व उठेको थियो ।
यसले आगामी दिनमा पनि उत्तरी नाका कोरला चीनसँगको व्यापार र खासगरी ईभी आयातका लागि थप प्रभावकारी बन्दै जाने संकेत गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...