क्रुज कन्ट्रोल र कनेक्टेड फिचर्ससहित एम्पियरको नयाँ स्कुटर लन्च

एम्पियरले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर म्याग्नस जी म्याक्स भारतीय बजारमा सार्वजनिक गरेको छ ।

सुरुवाती मुल्य १ लाख १० हजार भारु निर्धारण गरिएको यस स्कुटरमा ३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ, जसले १४२ किमी सम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यसमा २.४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ भने यसको टप स्पिड ६५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

नयाँ सफ्टवेयर प्लेटफर्ममा चल्छ चल्ने यस स्कुटरमा लाइभ ट्रयाकिङ, फाइन्ड माइ स्कुटर, जियो–फेन्सिङ, थेफ्ट एन्ड टो अलर्ट, रिमोट भेहिकल डाइग्नोस्टिक्स र ब्याट्री हेल्थ इनसाइट्स जस्ता ३० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध गराइएको छ ।

म्याग्नस जी म्याक्समा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ, जसले टर्न–बाई–टर्न नेभिगेसन सपोर्ट गर्छ । साथै, आरामदायी र सुरक्षित यात्राका लागि यसमा क्रुज कन्ट्रोल र हिल–होल्ड असिस्ट जस्ता सुविधाहरू पनि उपलब्ध गराइएको छ । कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ७५,००० किमी को वारेन्टी प्रदान गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...