टीभीएस रेडरको नयाँ ‘डाक्टर डुम’ संस्करण सार्वजनिक
काठमाडौं–टीभीएसले आफ्नो लोकप्रिय मोडल रेडरको एक नयाँ विशेष संस्करण...
काठमाडौं–जगदम्बा मोटर्सले टीभीएसको पहिलो एड्भेन्चर टुरिङ मोटरसाइकल आरटीएक्स ३०० काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको छ ।
नयाँ जेनेरेसनको आरटी एक्सडी४ प्लेटफर्ममा आधारित यस मोटरसाइकलमा २९९.१ सीसीको सिंगल सिलिन्डर, ४–भल्भ, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले ३५ पीएस पावर र २८.५ एनएम टर्क जेनेरेट गर्दछ ।
६–स्पीड गियरबक्स, क्वीकसिफ्टर र स्लिप एन्ड असिस्ट क्लचयुक्त यो बाइक कठिन सडकमा पनि उत्तिकै प्रभावकारी हुने कम्पनीको दाबी छ ।
सेमी–फियर्ड एड्भेन्चर डिजाइन, १९ इन्चको अगाडिको र १७ इन्चको पछाडिको अलोय ह्वील, लङ–ट्राभल ध्ए इन्भर्टेड फोर्क र प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सनले यसलाई थप रग्ड लुक्स र मजबूती दिएको छ ।
५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन मिररिङ, क्रुज कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ह्वीली मिटिगेसन, मल्टिपल राइड मोड र टेरेन एडप्टिभ डुअल–च्यानल एबीएसजस्ता अत्याधुनिक फिचर समावेश गरिएको यस मोटरसाइकल सुरक्षाको मामलामा समेत मजवुत रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...